logo

बरिष्ठ पत्रकार श्रेष्ठ माथि राज्यद्वारा आतंक सृजना, पत्रकार सम्बद्ध संघ संस्थाले गरे बिरोध

 इसीमाना सम्वाददाता     २०८३ जेठ ११ गते ०७: ४४ मा प्रकाशित     149   पटक पढिएको

वीरगंज । प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकडको तयारी भएको प्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ । 

 

संगठनका महासचिव हिरामान लामाद्वारा जारी बिज्ञप्तिमा निरन्तर धम्की, निगरानी तथा मानसिक दबाब सिर्जना गर्ने कार्यप्रति कडा आलोचना गरिएको छ ।

 


जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई लक्षित गरी धरपकड, धम्की तथा समाचार स्रोत खुलाउन बाध्य पार्ने प्रयास भइरहेको भन्ने सूचना अत्यन्त आपत्तिजनक, अलोकतान्त्रिक तथा स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष प्रहार भएको हाम्रो ठहर छ बिज्ञप्तिमा उल्लेख छ । 


राज्य शक्तिको आडमा सञ्चारमाध्यम तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध भइरहेका योजनाबद्ध दबाब, प्रतिशोध र षड्यन्त्रको प्रेस चौतारी नेपाल घोर निन्दा तथा भत्र्सना गर्दछ ।

 

पत्रकार श्रेष्ठले आफूमाथि उठाइएका आरोपहरूको निष्पक्ष छानबिनको माग गरिरहँदा उल्टै धम्की, निगरानी र दबाब बढ्नुले सरकारको व्यवहार तथा न्याय प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बिज्ञप्तिमा उल्लेख छ ।


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने, पत्रकारलाई धम्क्याउने, मानसिक यातना दिने तथा सञ्चारमाध्यममाथि अविश्वास सिर्जना गर्ने कुनै पनि गतिविधिविरुद्ध सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई दृढतापूर्वक एकजुट हुन हार्दिक आह्वान गर्दछौँ ।

 

प्रेस चौतारी नेपाल सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछ ।

 

संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै श्रमजीवी पत्रकारमाथि कुनै पनि प्रकारको धाकधम्की, प्रतिशोध वा अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न सबै पक्षसँग आग्रह गर्दछौँ  भनिएको छ ।

 

 

यसैगरि प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीले पनि एक बिज्ञप्ति जारी गरि सरकारी षडयन्त्रको कडा बिरोध गरेका छन ।

 

May be an image of text

 

May be an image of text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

एकै दिन नदीमा डुवेर महोत्तरीमा  चार बालिकाको मृत्यु

बर्दीवास ।  महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ ।

सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी,सिँचाइ सुविधा अवरुद्ध

जनकपुरधाम । धनुषा तथा महोतरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान भएको १० वटा डिपटयुवेलको ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सुविधा अवरुद्ध भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.