जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादवले प्रदेश सभाबाट ६२ मत सहित विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार बसेको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् ।
सभामुख रामाशिष यादवले मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका छन् ।
उनका अनुसार मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ ।
मधेश प्रदेश सभामा कुल १०७ जना सांसद रहेका छन् ।
बहुमतका लागि ५४ मत आवश्यक पर्ने व्यवस्था अनुसार मुख्यमन्त्री यादवले आवश्यकभन्दा बढी मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री यादवलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले विश्वासको मत दिएका थिए ।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको हो ।
तपाईको प्रतिक्रिया