logo

मधेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष यादव पदमुक्त

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ३१ गते ०८: ३३ मा प्रकाशित     457   पटक पढिएको

                                                                      नियुक्ति लिदाको तस्विर

वीरगंज । मधेश प्रदेश सरकारले मिडिया काउन्सील मधेशका कार्यवाहक अध्यक्ष सुरेश यादवलाई पदमुक्त गरेको छ । 

 

सरकार गृह संचार तथा कानून मन्त्री फकिरा महतोले यादवलाई पदमुक्त गरेका हुन । बैशाख २९ गते मन्त्रालयको तर्फबाट मन्त्री महतोले यादवलाई पद मुक्त गरेको पत्र काउन्सिलमा पठाएका हुन ।

 

 कार्यवाहक अध्यक्ष यादवले सरकारका तर्फबाट सोधिएको स्पष्टीकरणको चित्त बुझ्दो नभएकोले मन्त्रालयले उनलाई पदमुक्त गरेको हो ।

 

कार्यवाहक अध्यक्ष यादवलाई बैशख ११ गते मन्त्रालयको तर्फबाट स्पष्टिकरण सोधिएको थियो ।

 

प्रदेश संचार सम्बन्धी ऐन २०७७ को दफ २९ को (क)को खण्ड (छ) बमोजीम बैशाख २९ गते बाट मिडिया काउन्सिको सदस्य र कार्यवाहक अध्यक्ष समेत बाट मुक्त गरिएको मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ ।

 

कार्यवाहक अध्यक्षमा यादव २०८२ साल असार ११ गते नियुक्त भएका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.