logo

सुकुम्वासी समस्या हल गर्न पटेर्वा सुगौलीको गादीमा सहजीकरण समितिको बैठक सम्पन्न

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ११ गते ०४: ०१ मा प्रकाशित     998   पटक पढिएको

वीरगंज ।  भुमि समस्या समाधानकालागि वडामा रहेको डा स्तरिय सहजीकरण समितिको बैठक पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ गादीको रंगपुर कार्यालयमा सम्पन्न भएको छ ।

 

वडाध्यक्ष एवं समितिका अध्यक्ष बिजय गैरेको अध्यक्षतामा भएको बैठकमा वडा स्तरमा अहिले सम्म भएका कामका बिषयमा छलफल भएको थियो ।

May be an image of one or more people, motorcycle and text

वडामा  सुकुम्वासी दलित , भूमिहीन र अब्यवस्थित बसोबासीहरुको तथ्याकं संकलन भएको, जग्गा नाप भएको र दावी बिरोधकालागि सूचना समेत प्रकाशन भएको वडाध्यक्ष गैरेले जानकारी दिए । 


बैठकमा स्थानीय स्तरमा देखिएका समस्याहरु हल गर्नकालागि पनि समितिले बिभिन्न निर्णयहरु गरेको छ । वडा नं २ सावीक गादीगाविसको वडा नं ४ मा रहेको दलीत बस्तीको जमीन पर्सा ३ पाकशाला गुठीको नाममा रहेको देखिन आएकोले समस्या सृजना भएको उनले बताए ।

May be an image of one or more people, motorcycle and text

त्यस बिषयमा आवश्यक पहल गर्नेबारे छलफल गरिएको उनले बताए ।

 

आयोगले तयार गरेको कार्यबधि अनुसार एैलानी प्रति जग्गा बाहेक अरु जुन सुकै हैसियतको जग्गा सुकुम्वासी नागरिककोलागि बितरण गर्न नमिल्ने आयोगका सदस्य सचिव  राकेश कुमार झाले बताए  ।

May be an image of studying and text

उनले बैठकमा आफना कुरा राख्दै कार्यविधिले ब्यवस्था गरेका प्रवन्धहरुका बारेमा जानकारी गराएका थिए । 

 

उनले वडा स्तरीय समितिलाई कार्यबिधि अनुसार यथेष्ट प्रमाणहरुका आधारमा सिफारिश गर्न आग्रह गरे । उनले काम भनेको पक्को गर्नु पर्ने भएकोले मिहिन रुपमा काम गर्न सुझाव दिए । 

 


बैठकमा आयोगका जिल्ला अध्यक्ष तवरेज अहमदले वडा कार्यपालिका र गाउँकार्यपालिकाको काम नै सुकुम्वासी समस्या हल गर्नकालागि महत्वपूर्ण रहेको हुनाले सक्रियतापूर्ण र बिधि अनुसार काम गर्न सुझाव दिए ।

May be an image of one or more people

 

बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक एवं स्थानीय के.सी.लामिछाने आयोगका जिलला सदस्य शिवनारायण राम वडाकर्यपालिकाका सदस्यहरु,रास्वपा,नेपाली कांग्रेस नेकपा एमालेका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.