logo

वीरगंजमा अबैध असुली बन्द नभएपछि सांसद पन्तले प्रजिअलाई दिए यस्ताे निर्देशन

 इसीमाना सम्बाददाता     २०८२ चैत २८ गते ०७: ३० मा प्रकाशित     637   पटक पढिएको

बअंरगंज । जाँच चौकी (ICP) वीरगंजबाट निस्किने मालवाहक ट्रकहरूबाट अवैध रूपमा उठाइँदै आएको ‘ढाट’ नामक रकम रोक्न केन्द्रबाट पटक–पटक निर्देशन आउँदा पनि कार्यान्वयन नभएपछि विषय पुनः चर्किएको छ ।

 

गृह मन्त्रालयले यसअघि नै यस्तो असुली पूर्ण रूपमा अवैध भएको भन्दै तत्काल रोक्न निर्देशन दिएको थियो ।

 

तर, स्थानीय तह तथा केही समूहको संलग्नतामा उक्त असुली गरिहेको गुनासो आएपछि पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले कडा आपत्ति जनाएका छन् ।

 

 सांसद पन्तले पर्सा प्रमुख जिल्ला अधिकारी भाेला दहालसँग समन्वय गरी दिनमा बन्द राख्ने र राति पुनः खाेल्ने गरिएको पाइएकोले तुरुन्तै यस्तो अवैध असुली बन्द गर्न निर्देशन दिएका छन ।

 

 उनले कानुन विपरीत कुनै पनि शीर्षकमा कर वा शुल्क उठाउन नपाइने स्पष्ट पारे ।

 

उनका अनुसार, भन्सार कार्यालयबाट बाहिरीने मालबाहक बाहनबाट ‘ढाट’ को नाममा विभिन्न स्थानमा गुम्ति राखेर उठाइँदै आएको रकम न त संघीय कानुनले मान्यता दिएको छ, न त स्थानीय तहलाई यस्तो कर लगाउने अधिकार नै छ ।

 

 भारत तथा तेस्रो मुलुकबाट आयात हुने देशकै प्रमुख आर्थिक राजश्व संकलन गर्ने वीरगंज भन्सार, आईसिपि, ड्राइपोर्ट लगायतबाट प्रत्येक ट्रकससंग वीरगंज महानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिले अवैध रकम उठाएर देशकै बेइज्ज्ति गरिरहँदा पनि सम्बन्धि निकाय मौन देखिन्छ ।

 

 

व्यवसायीहरूले लामो समयदेखि यस विषयमा गुनासो गर्दै आएपनी यसअघि निर्वाध रूपमा उठाउदै अ‌ाएकाे थियाे ।

 

 ठेक्केदारहरूले वीरगंज भन्सारबाट निस्किने ट्रकहरूबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म जबर्जस्ती असुली हुने गरेको छ ।

 

जसले ढुवानी लागत बढाउनुका साथै उपभोक्ता मूल्यमा समेत असर पारिरहेको छ।

 

सांसद पन्तले यश बिषयमा चासो राख्दै सम्बन्धित निकायलाई आइन्दा अबैध अशुली बन्द गर्न र दोषीमाथि कारबाही गर्न कडा निर्देशन दिएका छन ।

 

 उनले कानुन विपरीत हुने कुनै पनि प्रकारको असुली सह्य नहुने बताए ।

 

जबर्जस्ती ट्रक चालकहरूबाट प्रति गाडी ५ सयदेखि १ हजार रुपैयाँ भारतीय (भारू) सम्म रकम उठाइँदै आएको गुणासो आएपछी साम्साद पन्तले प्रधानमन्त्री बालेन शाह समक्ष उक्त बिषय बस्तुको प्रबेश गराएका पछि सरकारले साे विषयलाई सम्बाेधन गर्दै अबैध असुली तुरुन्तै बन्द गर्ने निर्देशन दिएको थियोे ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.