logo

ठुलो संख्यामा भारतीय पर्यटक नेपाल भित्रिने वतावरण बनाउन लाग्ने छौः अर्थमन्त्री वाग्ले

 इसीमाना सम्वाददाता     २०८२ चैत २० गते ०५: ४३ मा प्रकाशित     83   पटक पढिएको

वीरगंज । अर्थमन्त्री स्वर्णीम बाग्लेले नेपाल सरकारले आगामी वर्षकालागि ल्याउने बजेट रुपान्तरणकारी हुने बताएका छन ।

 

वीरगंज उधोगा वाणिज्य संघले संघको सभाकक्षमा अयोजना गरेको आर्थिक वर्ष ०८३/०४ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रमलाई  सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । 


अर्थमन्त्री वाग्लेले सरकार प्रतिस्पर्धात्क अर्थतन्त्र, बैधानिक परिधि भित्रको बित्तिय स्वत्रन्ता आर्थिक क्षेत्रा दण्डहिनताको अन्त्य गर्ने गरि अगाडि बढेको बताए ।

 

उनले  सुशासन पहिलो प्रथामिकता भएको बताउदै शिक्षा, स्वास्थ्य बित्तिय पहुच  र एकिकृत सामाजिक सुरक्षामा सरकारको ध्यान जाने प्रष्ट पारे ।

 

अर्थमन्त्री वाग्लेले सरकार नेपाली मध्यम वर्गको सुरक्षालाई अझ बढी प्रभावकारी बनाउन क्रियाशिल हुने बताए ।


उनले नेपालको लोकतन्त्र स्थापना र जातभात बिरुद्धको सामाजिक सचेतनाको आन्दोलनमा नेपाली कांग्रेस एमाले माओवादीको योगदानको उच्च प्रशंसा गर्दै अवका दिन आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु पर्ने म्यान्डेट जनताले रास्वपालाई दिएको स्मरण गरे ।

 

उनले सरकार रफ्तारमा सुधार काम गर्दै छ जनताले दलमात्रै होइन नेतृत्वमा पुस्ताान्तरण समेत गरिदिएकोले जायज नतिजा दिन आफूहरुले पनि दवाव महशुस गरिरहेको बताए ।

 

उनले  बजेट निर्माणको बिधिवत परामर्श र प्रक्रिया बीरगंजबाट शुरु गरेर महत्व दिएको चर्चा गर्दै माँगेजती सबै पाउन भने नसकिने बताए ।

 

उनले कर उठाएर राज्यको ढुकुटी भर्ने र त्यसैबाट शिक्षा स्वास्थ्य  पूर्वाधारमा लगानी गर्नु पर्ने भएकोले  नियत सफा राखेर सबैको चित्त बुझाउने कोशीसमा सरकार लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।

 

 

उनले उधोगी ब्यवसायीले राखेका माँगहरु कानून निर्माण र संशोधनमा जोडिने भएकोले सरकारले त्यसमा ध्यान दिने बताए । उनले सरकारका तर्फबाट ढिलो भयो जस्तो लाग्यो भने झक्झक्याउन उधोगी ब्यवसायीलाई अपिल समेत गरे । 

 


अर्थमन्त्री वाग्लेले आर्थिक एजेण्डाको बिषयमा सरकार सिनसिएर्ली अगाढि बढ्ने बताउदै ठुलो संख्यामा भारतीय पर्यटक नेपाल भित्रिने वतावरण बनाउनमा आफू लाग्ने बताए ।


उनले भरपर्दो बिजुलीआपूर्तीको ब्यवस्था ठुला सडक निर्माणमा लगानी गर्ने र अन्त्यमा सुशासनलाई प्रत्याभूत गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले भने रास्वपाले तिथि बसाल्ने संकल्प लिएको हो त्यो पुरा गरि छाड्छ ।


संघका अध्यक्ष हरि गौतमको अध्यषतामा भएको कार्यक्रममा वीरगंजका ब्यवसायीहरुले आफूले भोग्नु परिरहेको समस्याहरुको बारेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

कार्यक्रमामा मन्त्रालयका राजस्व सचिव भूपाल बराल, राजस्व ब्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्री, भंसार बिभागका महानिर्देशक श्याम भण्डारी जनकराज शर्मा लगायतले आफनो बिचार ब्यक्त गरेका थिए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.