logo

कांग्रेस नेता अजय द्विवेदीको भावूक सन्देश ,कांग्रेस भित्रको द्वण्द्व उपयोग गर्न खोज्नेको सपना चक्नाचुर

 इसीमाना सम्बाददाता     २०८२ माघ ६ गते ०९: ०२ मा प्रकाशित     67   पटक पढिएको

वीरगंज । नेपाली कांग्रेसका नेता अजय कुमार द्विवेदीले पद, सत्ता र स्वार्थका लागि गरिने राजनीति क्षणिक हुन्छ र एकदिन अवश्य सिद्धिने बताएका छन ।

 

उनले सिद्धान्त, मूल्य र लोकतान्त्रिक आस्थाका लागि गरिने राजनीति कहिल्यै समाप्त नहुने उल्लेख गरेका छन । बिचारधारत्मक आन्दोलनबाट आएको ब्यक्तिका बारेमा ब्यक्त बिभिन्न धारणाको जवाफ दिदै द्विवेदीले यस्तो लेखेका हुन ।

 

उनले आफनो सामाजिक संजाल फेसबुकमा भावनात्मक स्टाटस लेख्दै आफू कुनै सेटिङ्गको प्रभावमा नपरेको र आफनो राजनीतिक जीवन समेत समाप्त नभएको उल्लेख गरेका छन । भलै उनले आफूले टिकट नपाएकोमा सामान्य आश्चर्य लागेको भने उल्लेख गरेका छन । 


जिल्लामा राजनीतिक साख, पार्टीभित्र बलियो संगठन र निर्वाचन क्षेत्रमा निरन्तर सहकार्य हुँदाहुँदै पनि नेपाली काँग्रेसले यसपटक मलाई उम्मेदवार नबनाएको निर्णयले क्षणिक रूपमा आश्चर्य त पक्कै गरायो उनले लेखेका छन ।

 

तर देश र पार्टीभित्र पुस्तान्तरण, नवीकरण र परिवर्तनका लागि उठिरहेका आवाजहरूलाई गहिराइका साथ सुन्दा, योपटक पछि हट्ने निर्णय समयको मागसँग मेल खान्छ भन्ने अनुभूति पनि भएको छ भन्दै पार्टीको निर्णयलाई सम्मान गरेका छन । 

 

त्यती मात्र होइन नेता द्विवेदीले पार्टीको आधिकारिक उम्मेदवारको सन्दर्भमा स्पष्ट पार्दै अनिलजी र आफु राजनीतिक यात्राका मात्र होइन, जीवनका पनि पुराना साथी हौँ। पार्टीले उहाँलाई जिम्मेवारी सुम्पिएसँगै, मेरा तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग निस्वार्थ भावले रहनेछ।

 

व्यक्ति होइन, पार्टी र विचार हाम्रो केन्द्र हो भनेर नेपाली कांग्रेस भित्र द्वण्द्व हुने र त्यसबाट फाइदा लिने सपना बोकेकाहरुको सपना भने चक्नाचुर पारिदिएका छन । 

 

 

उनले म ११ वर्षको उमेरमा नेपाल विद्यार्थी संघ हुँदै नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गरेको मान्छे हुँ। कहिले प्रशासनले ठूलोबुवालाई थुन्ने, कहिले मार्ने धम्की दिँदै हाम्रो परिवारलाई त्रसित बनाएको ती दिनहरू मैले बिर्सिएको छैन।

 

त्यही परिस्थितिबाट आएको त्यो ठिटोलाई कुनै संसद् भवनले लोभ्याउँछ भन्ने कल्पना आफैंमा हास्यास्पद भएको उनले लेखेका छन । उनले यसरी लेखेर उनका बिषयमा हुदै आएका उडन्ते तर्कहरुलाई खारेज गरिदिएका छन । 

 

उनले अन्तिममा लेखेका छन ,पद, सत्ता र स्वार्थका लागि गरिने राजनीति क्षणिक हुन्छ र एकदिन अवश्य सिद्धिन्छ। तर सिद्धान्त, मूल्य र लोकतान्त्रिक आस्थाका लागि गरिने राजनीति कहिल्यै समाप्त हुँदैन। हामी सत्ता होइन, विचारका लागि लड्ने मान्छे हौँ— र यो लडाइँ अन्तिम श्वाससम्म निरन्तर चलिरहनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.