पर्सा। नेपाली काँग्रेसले पर्साको क्षेत्र नं १ मा पार्टीका पूर्व केन्द्रीय सदस्य अनिल रूङ्टालाई उम्मेदवार बनाएको छ । संबिधान सभामा बसेर आफनो भूमिका निर्वाह गरेका रुङ्गटा यस पटक प्रत्यक्ष मैदानमा उत्रिएका छन ।
बिकास शान्ति समृद्धि र लोकतान्त्रिक शासन ब्यवस्थाको सुदृढिकरणकालागि प्रतिनिधि सभाको सदस्यको हैसीयतमा भूमिका निर्वाह गर्ने प्रतिवद्धतासाथ उनी आफू चुनावी मैदानमा उत्रिएको जनाएका छन ।
उनले नेपाली कांग्रेसको एकता नेतृत्वको समन्वयकारी भूमिका र कार्यकर्तामा संचार भएको उत्साह लोकतन्त्रप्रतिको नेपाली कांग्रेसको निष्ठा आफनो जीतको आधार भएको बताए ।
उनले आत्मबिश्वासका साथ भने यमान र निष्ठका साथ जनसेवा गर्नेकुरामा आफू प्रतिवद्ध रहेको बताए ।
उनले कांग्रेसमा युवा नेतृत्व र संगठन एक ढिक्का भएर अघि बढिरहेको कारणले मतदाताले आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले निर्वाचनलाई स्थानीय विकास परियोजनाहरू अघि बढाउने तथा क्षेत्रीय शान्ति र समृद्धि सुनिश्चित गर्ने अवसरको रूपमा पनि हेरिरहेका छन्।
पर्सा क्षेत्र नं १ का रूङ्टाको उम्मेदवारी क्षेत्र नं २ मा अजय चौरसिया ३ मा सुरेन्द्र चौधरी र ४ मा रमेश रिजालले उम्मेदवारी दर्ता गरेका छन ।
तपाईको प्रतिक्रिया