logo

तीन महिला उम्मेदवार मैदानमा, पर्सा–२ चर्चाको उत्कर्ष अनि सर्वाधिक चासो र उत्सुकतापूर्ण बन्ने

 इसीमाना सम्वाददाता     २०८२ माघ ६ गते ०९: १२ मा प्रकाशित     650   पटक पढिएको

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–२ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले यसपटक नयाँ राजनीतिक संकेत दिएको छ।

 

परम्परागत रूपमा पुरुष उम्मेदवार हाबी रहने यो क्षेत्रमा तीन फरक राजनीतिक दलबाट महिला उम्मेदवार एकसाथ मैदानमा उत्रिनु जिल्लाकै राजनीतिकालागि उल्लेखनीय घटनाका रूपमा हेरिएको छ।

 

नेकपा एमालेले यस क्षेत्रबाट रिमा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। वीरगञ्ज महानगरपालिका–२९ मुसैलीकी २९ वर्षीया यादवलाई पार्टीले औपचारिक टिकट दिएको हो।  

 

स्थानीय तहमा उनीप्रति उत्साह देखिए पनि अनुभवी नेताहरूलाई पन्छाएर युवा अनुहारलाई टिकट दिनु एमालेभित्रै छलफलको विषय बनेको बताइन्छ।

 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्ज–२४ रामगढवाकी बिना जैसवाल कुर्मीलाई उम्मेदवार घोषणा गरेको छ। कुर्मी यसअघि राप्रपाबाट समानुपातिक प्रतिनिधिसभा सदस्य रहिसकेकी छन्।

 

उनी प्रतिनिधि सभामा सुनिएकी साँसदको रुपमा परिचित छिन  ।पार्टीभित्रको अनुभव र संसदीय अभ्यासलाई आधार मानेर उनलाई पुनः प्रत्यक्ष निर्वाचनमा उतारिएको राप्रपा निकट स्रोतको भनाइ छ।

 

त्यसैगरी आम जनता पार्टी (आजपा) ले पर्सा–२ बाट रञ्जु साहलाई उम्मेदवार बनाएको छ। प्रभु साह नेतृत्वको आजपाले साहलाई जनआन्दोलन र स्थानीय मुद्दामा सक्रिय नेतृका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उतारेको हो। 

 

राजनीतिक विश्लेषकहरूका अनुसार एउटै निर्वाचन क्षेत्रमा तीन दलबाट महिला उम्मेदवार उत्रिनु केवल संयोग मात्र नभई बदलिँदो मतदाता मनोविज्ञान र दलहरूको रणनीतिक दबाबको परिणाम हो। यसले पर्सा–२ को चुनावलाई लिङ्ग प्रतिनिधित्व, पुस्तान्तरण र वैकल्पिक राजनीतिक बहसको केन्द्रमा ल्याएको उनीहरूको भनाइ छ।

 

तीन महिला उम्मेदवारबीचको प्रतिस्पर्धाले अन्ततः मतदाताको प्राथमिकता विकास, पहिचान कि पार्टी निष्ठा—कुन विषयमा केन्द्रित हुन्छ भन्ने प्रश्नलाई पनि उठाएको छ। यही कारण पर्सा–२ को चुनावी प्रतिस्पर्धा यसपटक चर्चाको उत्कर्ष अनि सर्वाधिक चासो र उत्सुकतापूर्ण बनेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.