वीरगन्ज । नेकपा एमालेले पर्सा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चारै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ। यसपटक पार्टीले नवप्रवेशी नेताहरुलाई टिकट दिएपछि स्थानीय स्तरमा चर्चा र आलोचना दुवै बढेको छ।
पर्सा क्षेत्र नम्बर–१ बाट एमालेले प्रदीप यादवलाई उम्मेदवार बनाएको छ। एमालेका केन्द्रीय सदस्य विजय सरावगीका अनुसार सोमबार पार्टीले पर्साका सबै उम्मेदवारको अन्तिम निर्णय गरेको हो।
पूर्वमन्त्रीसमेत रहेका यादव हिजो सम्म जसपा नेपालका केन्द्रीय समिति सदस्य थिए। उनी सोमबार राति जसपा परित्याग गर्दै एमाले प्रवेश गरेका हुन्। यादव एमालेसंगको गठबन्धनबाट यही क्षेत्रबाट अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए।
त्यसैगरी पर्सा क्षेत्र नम्बर–२ बाट रिमा यादवलाई उम्मेदवार बनाइएको छ। पार्टी स्रोतका अनुसार उनी कुनै पनि तहको औपचारिक सिफारिसबिना उम्मेदवार बनेकी हुन्।
उनी बिशुद्ध गृहणी भएको बताइएको छ । क्षेत्र नम्बर–३ बाट रुपेश पाण्डेलाई टिकट दिइएको छ। पाण्डे अस्ती सम्म नेकपा एमाले प्रवेश गरेको छैन र होइन भन्दै थिए ।
उनको नाम पनि औपचारिक रुपमा सिफारिशमा नपरेको एमाले स्रोतले जनाएको छ ।
पर्सा क्षेत्र नम्बर–४ बाट भने जिल्ला तहबाट सिफारिस भएका जालिम मियाँलाई उम्मेदवार बनाइएको केन्द्रीय सदस्य सरावगीले जानकारी दिए। यद्धपी जालीम मिया पनि गएको प्रतिनिधि सभा भन्दा अगाडि एमाले प्रवेश गरेका नेता हुन ।
यसैबीच, पार्टीका क्षेत्र, जिल्ला र प्रदेश कमिटीको सिफारिसलाई बेवास्ता गर्दै टिकट वितरण गरिएको भन्दै एमालेभित्रै तीव्र असन्तुष्टि देखिएको छ।
कार्यकर्ताहरूले संगठनको निर्णयभन्दा बाहिरका व्यक्तिलाई उम्मेदवार बनाइएको आरोप लगाएका छन्।
एमालेका पूर्व केन्द्रीय सदस्य अरबिन्द सिंहले टिकट वितरण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार सिफारिसका नाममा गरिएको प्रतिस्पर्धा औपचारिकता मात्रै भएको छ।
“गाउँ–गाउँसम्म फैलिएको संगठनले जित्ने सम्भावना भएका व्यक्तिको सिफारिस गरेको हुन्छ, तर यहाँ मनपरी ढंगले टिकट बाँडिएको छ,” उनले भने, “यो पार्टीको हितमा छैन।”
पर्सामा देखिएको यो असन्तुष्टिले आगामी निर्वाचनमा एमालेको आन्तरिक एकतामाथि असर पार्न सक्ने नेताहरूको चिन्ता छ। पार्टीको स्थनीय नेतृत्वलाई कर्याकर्ताहरुले “हुतिहाराको”संज्ञा दिएका छन ।
पार्टीको केन्द्रीय सदस्य हुने जिलला अध्यक्ष पदाधिकारी हुने तर निर्वाचन लडने आँट र हुती नहुने भन्दै नतारुलाई सामाजिक संजाल मार्फत “टिकट बेचुवा”को आरोप लगाइएको छ । हुतीहाराहरुले पद ओगटने चुनाव लड्ने आँट नगर्ने हो भने तुरुन्त पद छोड्नु पर्ने आवाज उठन थालेको छ ,।
तपाईको प्रतिक्रिया