logo

पर्सामा एमाले प्रवेश गरेको छैन भनेर गीत गाउनेहरुले पाए टिकट, रैथानेहरु अन्यौलमा, नेतृत्व हुतीहारा भएको भन्दै आलोचना शुरु

 इसीमाना सम्वाददाता     २०८२ माघ ५ गते ०३: ०७ मा प्रकाशित     428   पटक पढिएको

वीरगन्ज । नेकपा एमालेले पर्सा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चारै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ। यसपटक पार्टीले नवप्रवेशी नेताहरुलाई  टिकट दिएपछि स्थानीय स्तरमा चर्चा र आलोचना दुवै बढेको छ।

 

पर्सा क्षेत्र नम्बर–१ बाट एमालेले प्रदीप यादवलाई उम्मेदवार बनाएको छ। एमालेका केन्द्रीय सदस्य विजय सरावगीका अनुसार सोमबार पार्टीले पर्साका सबै उम्मेदवारको अन्तिम निर्णय गरेको हो।

 

पूर्वमन्त्रीसमेत रहेका यादव हिजो सम्म  जसपा नेपालका केन्द्रीय समिति सदस्य थिए। उनी  सोमबार राति जसपा परित्याग गर्दै एमाले प्रवेश गरेका हुन्। यादव एमालेसंगको गठबन्धनबाट यही क्षेत्रबाट अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए।

 

त्यसैगरी पर्सा क्षेत्र नम्बर–२ बाट रिमा यादवलाई उम्मेदवार बनाइएको छ। पार्टी स्रोतका अनुसार उनी कुनै पनि तहको औपचारिक सिफारिसबिना उम्मेदवार बनेकी हुन्।

 

उनी बिशुद्ध गृहणी भएको बताइएको छ । क्षेत्र नम्बर–३ बाट रुपेश पाण्डेलाई टिकट दिइएको छ। पाण्डे अस्ती सम्म नेकपा एमाले प्रवेश गरेको छैन र होइन भन्दै थिए ।

 

उनको नाम पनि औपचारिक रुपमा सिफारिशमा नपरेको एमाले स्रोतले जनाएको छ । 

पर्सा क्षेत्र नम्बर–४ बाट भने जिल्ला तहबाट सिफारिस भएका जालिम मियाँलाई उम्मेदवार बनाइएको केन्द्रीय सदस्य सरावगीले जानकारी दिए। यद्धपी जालीम मिया पनि गएको  प्रतिनिधि सभा भन्दा अगाडि एमाले प्रवेश गरेका नेता हुन । 

 

यसैबीच, पार्टीका क्षेत्र, जिल्ला र प्रदेश कमिटीको सिफारिसलाई बेवास्ता गर्दै टिकट वितरण गरिएको भन्दै एमालेभित्रै तीव्र असन्तुष्टि देखिएको छ।

 

 कार्यकर्ताहरूले संगठनको निर्णयभन्दा बाहिरका व्यक्तिलाई उम्मेदवार बनाइएको आरोप लगाएका छन्।

 

एमालेका पूर्व केन्द्रीय सदस्य अरबिन्द सिंहले टिकट वितरण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार सिफारिसका नाममा गरिएको प्रतिस्पर्धा औपचारिकता मात्रै भएको छ।

 

“गाउँ–गाउँसम्म फैलिएको संगठनले जित्ने सम्भावना भएका व्यक्तिको सिफारिस गरेको हुन्छ, तर यहाँ मनपरी ढंगले टिकट बाँडिएको छ,” उनले भने, “यो पार्टीको हितमा छैन।”

 

पर्सामा देखिएको यो असन्तुष्टिले आगामी निर्वाचनमा एमालेको आन्तरिक एकतामाथि असर पार्न सक्ने नेताहरूको चिन्ता छ। पार्टीको स्थनीय नेतृत्वलाई कर्याकर्ताहरुले “हुतिहाराको”संज्ञा दिएका छन ।

 

पार्टीको  केन्द्रीय सदस्य हुने जिलला अध्यक्ष पदाधिकारी हुने तर निर्वाचन लडने आँट र हुती नहुने भन्दै नतारुलाई सामाजिक संजाल मार्फत “टिकट बेचुवा”को आरोप लगाइएको छ । हुतीहाराहरुले पद ओगटने चुनाव लड्ने आँट नगर्ने हो भने तुरुन्त पद छोड्नु पर्ने आवाज उठन थालेको छ ,।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.