logo

नेपालको लोकतन्त्रको मजबुतीको निम्ति नेपाली कांग्रेसनै आवश्यक शक्ति होः नेता रुङ्गटा

 इसीमाना सम्बाददाता     २०८२ माघ ३ गते ०६: ३० मा प्रकाशित     527   पटक पढिएको

वीरगञ्ज । नेपाली कांग्रेस पर्सा प्रतिनिधिसभा क्षेत्रीय समितिले आज वीरगञ्जमा बृहत् राजनीतिक भेला सम्पन्न गरेको छ।

 

लक्ष्मी नारायण पार्टी प्यालेसमा आयोजित भेलामा पार्टीको संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी तथा वर्तमान राजनीतिक अवस्थाबारे व्यापक छलफल गरिएको छ।

 

भेलामा नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संविधानसभा सदस्य  अनिल रुँगटा, पार्टी पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अनिल सिंहलगायत नेताहरू सहभागी थिए।

May be an image of one or more people and dais

कार्यक्रमलाई सम्बोधन गर्दै नेता  रुँगटाले विगतका अनुभव र इतिहासलाई सम्मान गर्दै भविष्य केन्द्रित राजनीति गर्नुपर्नेमा  जोड दिए। उनले नेपाली कांग्रेस भित्रको समस्या एउटा पक्ष हो तर नेपालको लोकतन्त्रको मजवुतीका निम्ति नेपाली कांग्रेस नै आवश्यक शक्ति भएको बताए ।

 

उनले दक्षीण एशियामा काठमाण्डौ नै सबैको अभिब्यक्ति स्वतन्त्रताको केन्द्र बनेको चर्चा गर्दै त्यो नेपाली कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएको र फेरी पनि नेपाली कांग्रेसले नै लोकतन्त्रको रक्षका निम्ति योगदान दिनु पर्ने बताए ।

 

उनले आगामी निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको संगठनात्मक अवस्था मजबुत बनाउने, कार्यकर्ता परिचालन गर्ने तथा स्थानीय तहमा जनसम्पर्क विस्तार गर्ने विषयमा रणनीतिक रपमा तयारी गर्नु पर्नेमा जोड दिए।

May be an image of one or more people

नेताहरूले आन्तरिक एकता र अनुशासन कायम गर्दै पार्टीलाई चुनावी प्रतिस्पर्धामा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

 

वक्ताहरूले कांग्रेसको नीति, सिद्धान्त र जनमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा आम नागरिकसम्म पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै प्रत्येक नेता तथा कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।

 

भेलामा सहभागी कार्यकर्ताहरूले यस्ता कार्यक्रमले संगठनलाई नयाँ ऊर्जा दिएको प्रतिक्रिया दिँदै आगामी दिनमा पार्टी गतिविधि थप सशक्त हुने विश्वास व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.