logo

स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार  देवकोटा पुरस्कृत

 इसीमाना सम्वाददाता     २०८२ माघ १ गते ०७: ०६ मा प्रकाशित     349   पटक पढिएको

वीरगन्ज । यस वर्षको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार गोविन्द देवकोटा लाई प्रदान गरिएको छ।

 

 लामो समयदेखि सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रका समस्याबारे निरन्तर कलम चलाउँदै आएका देवकोटालाई नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्णयअनुसार नगद ५१ हजार रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरिएको हो।

 

पुरस्कार वितरण समारोहमा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले पत्रकार देवकोटालाई सम्मान गरेका हुन्।

 

पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै देवकोटाले स्वर्गीय गोपाल गिरीको नाममा स्थापित  पुरस्कारले आफूलाई थप जिम्मेवार र समाजप्रति अझ प्रतिबद्ध भएर पत्रकारिता गर्न प्रेरित गरेको बताए।


उनले भने, “मैले करिब तीन दशक समाजका लागि पत्रकारिता गरेको छु। यो पुरस्कारले मलाई अझै गम्भीर र उत्तरदायी भएर कलम चलाउन हौसला दिएको छ।”

 

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री पटेलले पत्रकारितामा प्रशिक्षणको खाँचो औँल्याए।

 

पछिल्लो समय राजनीतिक दलसँगै मिडियाहरू पनि बढ्दै गएको उल्लेख गर्दै उनले मिडिया समाजको ऐना भएकाले यसको विस्तार सकारात्मक भए पनि समाचार सम्प्रेषणमा आचार संहिताको पालना आवश्यक रहेको बताए।

 

विशेषगरी मधेस क्षेत्रमा पत्रकारहरूका लागि नियमित तालिम आवश्यक रहेको उनको भनाइ थियो। “जसरी राजनीतिक दलका कार्यकर्तालाई प्रशिक्षण दिइन्छ, त्यसरी नै पत्रकारलाई पनि व्यावसायिक प्रशिक्षण दिन जरुरी छ,” मन्त्री पटेलले भने।

 

 उनले मधेसको मिडिया क्षेत्रलाई बलियो र गुणस्तरीय बनाउन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए।

 

कार्यक्रममा सहभागी वक्ताहरूले केही सञ्चार माध्यमले आधारभूत पत्रकारिताका सिद्धान्तसमेत पालना नगरेको भन्दै चिन्ता व्यक्त गरे।

 

समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, कोषाध्यक्ष रामकृष्ण अधिकारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले आ–आफ्ना धारणा राखेका थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.