काठमाडौं । पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा सरकारकाले फिर्ता लिएको छ ।
\
महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिलहरूलाई रवि लामिछानेविरुद्ध दायर रहेका संगठित अपराध र धनशोधन सम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएको छ।
महान्याधिवक्ताको कार्यालको यो स्वीकृति संगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा लगायतका जिल्ला अदालतमा दायर ती मुद्दा हटाइने भएको छ।
महान्यायाधिवक्ताले सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् राख्न स्पष्ट गरेको छ । केवल संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोप हटाइने निर्णयमा स्वीकृति दिइएको महान्यायधिवक्ताको कार्यालयले जनाएको छ ।
गत केही दिनमा धरौटीमा रिहा भएलगत्तै लामिछानेले आफूमाथि भएका केही गम्भीर आरोप फिर्ता लिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा व्यक्तिगत निवेदन पनि दिएका थिए ।
जसले मुद्दा परिमार्जन रफिर्ताको दिशामा दबाब बढाएको थियो।
यस कदमले लामिछानेको कानुनी स्थिति र राजनीतिक प्रभाव दुबैमा ठूलो हलचल ल्याउने अनुमान लगाइएको छ। तर, सहकारी ठगीसम्बन्धी मुद्दा भने अब पनि अदालतमा अघि बढ्ने र त्यो विषय निरन्तर रहिरहने जनाएको छ।
तपाईको प्रतिक्रिया