काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको छ।
सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरी समानान्तर गतिविधि गरेको निष्कर्ष निकाल्दै उनीहरूलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी भइरहँदा केन्द्रीय कार्यसमितिले उक्त निर्णय गरेको हो।
बैठकले विशेष महाधिवेशनमा सहभागी नेता–कार्यकर्तालाई पार्टीको औपचारिक निर्णयको सम्मान गर्दै मूलधारमा फर्किन आग्रहसमेत गरेको छ।
पार्टील गरेको कारवाहीका बिषयमा निर्वाचन आयोगलाई समेत जानकारी गराईसकेको बताइएको छ ।
तपाईको प्रतिक्रिया