logo

यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार देवकोटालाई

 इसीमाना सम्वाददाता     २०८२ पौष २९ गते ०९: ११ मा प्रकाशित     186   पटक पढिएको

वीरगन्ज । पर्सा जिल्लाको पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार गोविन्द देवकोटालाई यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

 

 नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा मंगलवार बसेको बैठकले यस बारेमा निर्णय गरेको हो ।

 

उक्त पुरस्कार पर्साका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको हो।

 

स्व. गिरी वि.सं. २०६० माघ १ गते तत्कालीन वीरगञ्ज महानगरपालिकाका मेयरका रूपमा कार्यरत रहँदा माओवादी विद्रोहीद्वारा हत्या गरिएका थिए  ।

 

पुरस्कारबाट सम्मानित हुने पत्रकार देवकोटा हाल सामुदायिक रेडियो प्रसारक संघ (एकोर्यावका )का वरिष्ठ उपाध्यक्ष तथा नारायणी एफएमका अध्यक्ष हुन ।

 

साथै, उनी रेसखबर अनलाइनका संस्थापकसमेत हुन । स्थानीयदेखि राष्ट्रिय सरोकारका विषयलाई निरन्तर कलम चलाउदै आएका देवकोटाले निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन ।

 

यसअघि यो पुरस्कारबाट पर्साका पत्रकारहरू शंकर अचार्य ,के.सी.लामिछाने ,ओमप्रकाश खनाल ,  शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, बृजलाल पासवान,खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठ सम्मानित भइसकेका छन्।

 

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारले वीरगन्ज तथा पर्सामा निरन्तर पत्रकारिता मार्फत योगदान पुर्‍याउँदै आएका पत्रकारहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

 

पुरस्कारको राशी ५१ हजार रुपैया रहेको छ । पुरस्कार स्व.गिरीको स्मृतिमा दिवसका अवसरमा प्रदान गरिने नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.