logo

युवा पुस्ताका लोभलाग्दा नेता अन्सारीले त्यागे माओवादी, अवसरवादको हिस्सा नबन्ने उद्धघोष

 इसीमाना सम्वाददाता     २०८२ पौष २४ गते ०४: ०७ मा प्रकाशित     386   पटक पढिएको

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा मधेस प्रदेश सभा सदस्य रहवर अन्सारीले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टीको  वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका अन्सारीले पेरिसडाँडामा पुगेर राजीनामा बुझाउँदै माओवादीसँगको लामो सम्बन्ध टुंग्याएका हुन्।

 

राजीनामा पत्रमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चर्चित सायरी ‘सागर के तुफान‘’ लाई व्यङ्ग्य गर्दै माओवादीले आफ्नो साहस, इमान र राजनीतिक धार गुमाइसकेको आरोप लगाएका छन्।

 

 सिद्धान्तहीनता र आन्तरिक विरोधाभास र अवसरवादको हिस्सा बन्न नसक्ने भन्दै उनले पार्टी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्।

 

‘समाजवादी क्रान्ति जिन्दावाद’ भन्दै विदामागेका अन्सारीले अबको राजनीतिक बाटो खुलाएका छैनन्। तर मधेसमा बलियो पकड भएका युवा नेताको बहिर्गमनले माओवादी केन्द्रलाई ठुलो झट्का दिने निश्चित छ।

 

पेरिसडाँडामा पुगेर राजीनामा पत्र बुझाउँदै माओवादीसँगको लामो राजनीतिक यात्रामा पूर्णविराम लगाएका अन्सारीले अबको आफ्नो राजनीतिक यात्राबारे भने स्पष्ट संकेत दिएका छैनन्।

 

बदलिँदो राजनीतिक परिवेशमा पार्टीको सान्दर्भिकता हराउँदै गएको बोध भएपछि आफूले सदस्यता त्याग्ने कठोर निर्णय लिनुपरेको अन्सारीको निष्कर्ष छ।

May be an image of ticket stub and text

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.