logo

वीरगन्जमा साझा शान्तिका लागि नेकपा एमालेका नेता पूर्व साँसद हजराको  अपिल

 इसीमाना सम्वाददाता     २०८२ पौष २२ गते ११: ०५ मा प्रकाशित     703   पटक पढिएको

वीरगन्ज । वीरगन्जमा पछिल्लो समय देखिएको साम्प्रदायिक तनावलाई ध्यानमा राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व साँसद प्रभू हजराले  हिन्दू र मुस्लिम दुवै समुदायलाई लक्षित गर्दै शान्ति, संयम र आपसी सद्भाव कायम राख्न साझा अपिल गरेका छन्।

हजराले धर्म र जातभन्दा मानवता ठूलो हुने उल्लेख गर्दै कुनै पनि किसिमको जातीय वा धार्मिक हिंसामा नफस्न दुवै समुदायलाई आग्रह गरेका हुन्।

 

उनले वीरगन्ज सधैँदेखि हिन्दू–मुस्लिम सहअस्तित्व, भाइचारा र सामाजिक सद्भावको उदाहरण रहँदै आएको सहर भएको बताए।

 

धर्म फरक भए पनि पहिचान मानवता नै भएको स्पष्ट गर्दै उनले घृणा, द्वेष र उक्साहटले समाजलाई विभाजनतर्फ लैजाने बताए। साथै, सामाजिक शान्ति र समृद्धिका लागि सबै समुदाय हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

उनले भनेका छन्—

“हिन्दू–मुस्लिम एउटै माटोका फूल हौं,
घृणा होइन, प्रेमले सधैं फुलेका हौं।
हातमा हात मिलाई अघि बढौं सबै,
हिंसाको होइन, शान्तिको बाटो छानौं है।”

हजराले मस्जिद र मन्दिर दुवैबाट शान्ति र प्रेमको सन्देश फैलिनुपर्ने उल्लेख गर्दै हिंसाभन्दा संवाद र समझदारीलाई प्राथमिकता दिन आग्रह गरे।

धर्मको नाममा अशान्ति फैलाउने व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन नेपाल सरकारसँग उनले जोडदार मागसमेत गरेका छन्।

उनले वीरगन्जलाई पुनः शान्ति, सद्भाव र समृद्धिको सहरका रूपमा स्थापित गर्न सबै नागरिकको सहयोग आवश्यक रहेको भन्दै “जय वीरगन्ज, जय जनता” भन्ने सन्देशसहित अपिल गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.