logo

वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न पूर्वमन्त्री यादवको अपील

 इसीमाना सम्बाददाता     २०८२ पौष २२ गते १०: ३४ मा प्रकाशित     314   पटक पढिएको

वीरगन्ज । वीरगन्ज क्षेत्रका पूर्व साँसद एवं पूर्वमन्त्री प्रदीय यादवले  वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण वीरगन्जवासीलाई शान्ति, संयम र आपसी सद्भाव कायम राख्न अपील गरेका छन्।

 

आफू केवल पूर्व जनप्रतिनिधि मात्र नभई यही माटोमा जन्मिएको जिम्मेवार वीरगन्जवासी भएको उल्लेख गर्दै उनले वीरगन्ज सधैँदेखि हिन्दू–मुस्लिम भाइचारा, सहअस्तित्व र आपसी प्रेमको उदाहरण रहँदै आएको सहर भएको बताएका छन्।

 

धर्म र संस्कार फरक भए पनि हामी सबैको साझा भविष्य एउटै भएकाले कुनै पनि भ्रम, अफवाह वा उक्साहटमा नफस्न उनले आग्रह गरेका छन ।

 

उनले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचनाप्रति सचेत रहन आग्रह गर्दै शान्ति भंग हुने गतिविधि सहर, समाज र भावी पुस्ताका लागि अहितकर हुने स्पष्ट पारे। धर्म, जात र समुदायभन्दा माथि उठेर एकअर्काको सम्मान र संयम अपनाउनुपर्नेमा उनले जोड दिएका छन ।

 

साथै, समाजमा द्वन्द्व सिर्जना गर्ने जो–कोहीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आग्रह गर्दै ,नेपाल सरकारद्वारा शान्ति, संवाद र सद्भाव स्थापनाका लागि गरिने प्रत्येक प्रयासमा आफूले सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि उनले सार्वजनिक गरेका छन्। उनले यस्तो अपिल आफनो फेसबुक पेजबाट सार्वजनीक गरेका हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.