logo

मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा पहिलो पटक नेपाली कांग्रेसका यादव नियुक्त,आइतबार शपथग्रहण गर्ने

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १९ गते ०६: ४५ मा प्रकाशित     104   पटक पढिएको

जनकपुर ।मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता  कृष्णप्रसाद यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्र लाभले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

 

६ दलीय गठबन्धनका ७७ जना सांसदको हस्ताक्षरसहित यादवले बहुमतको दाबी पेश गरेका थिए। योसँगै मधेश प्रदेशले छैटौं मुख्यमन्त्री पाएको छ ।  साथै नेपाली कांग्रेसले प्रदेशमा पहिलोपटक मुख्यमन्त्री पद हासिल गरेको हो।

 

यसअघि मधेश प्रदेशमा जसपाका लालबाबु राउत, त्यसपछि सरोजकुमार यादव, जनमत पार्टीका सतिशकुमार सिंह, लोसपाका जितेन्द्र सोनाल र नेकपा एमालेका सरोज यादव क्रमशः मुख्यमन्त्री बनेका थिए।

 

नेकपा एमालेका सरोज यादवलाई तत्कालीन प्रदेश प्रमुखले होटलमै शपथ गराएको विषय विवाद र आलोचनाको विषय बनेको थियो।

 

 पछि सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत जुटाउन नसकेपछि उनी पदभार सम्हालेको २६ दिनमै राजीनामा दिन बाध्य भएका थिए।

 

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले आफ्नो शपथग्रहणको मिति तय गरेका छन्।

कांग्रेसका एक सांसदका अनुसार ६ दलीय गठबन्धनको सुझावअनुसार यादवले आइतबार बिहान ११ बजे शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको हो।

गठबन्धनका सबै दलले आइतबार शपथग्रहण गर्ने दिएको सुझाव अनुसार शपथग्रहणको कार्यक्रम तय गरिएको हो ।

 

नयाँ नियुक्तीसँगै मधेश प्रदेशमा नयाँ सरकारको कार्यसम्पादन औपचारिक रूपमा सुरु भएको छ।


मुख्यमन्त्री यादवले अब प्रशासनिक सुधार, विकास र सुशासनलाई प्राथमिकता दिँदै सरकार सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.