logo

मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा पहिलो पटक नेपाली कांग्रेसका यादव नियुक्त,आइतबार शपथग्रहण गर्ने

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १९ गते ०६: ४५ मा प्रकाशित     361   पटक पढिएको

जनकपुर ।मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता  कृष्णप्रसाद यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्र लाभले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

 

६ दलीय गठबन्धनका ७७ जना सांसदको हस्ताक्षरसहित यादवले बहुमतको दाबी पेश गरेका थिए। योसँगै मधेश प्रदेशले छैटौं मुख्यमन्त्री पाएको छ ।  साथै नेपाली कांग्रेसले प्रदेशमा पहिलोपटक मुख्यमन्त्री पद हासिल गरेको हो।

 

यसअघि मधेश प्रदेशमा जसपाका लालबाबु राउत, त्यसपछि सरोजकुमार यादव, जनमत पार्टीका सतिशकुमार सिंह, लोसपाका जितेन्द्र सोनाल र नेकपा एमालेका सरोज यादव क्रमशः मुख्यमन्त्री बनेका थिए।

 

नेकपा एमालेका सरोज यादवलाई तत्कालीन प्रदेश प्रमुखले होटलमै शपथ गराएको विषय विवाद र आलोचनाको विषय बनेको थियो।

 

 पछि सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत जुटाउन नसकेपछि उनी पदभार सम्हालेको २६ दिनमै राजीनामा दिन बाध्य भएका थिए।

 

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले आफ्नो शपथग्रहणको मिति तय गरेका छन्।

कांग्रेसका एक सांसदका अनुसार ६ दलीय गठबन्धनको सुझावअनुसार यादवले आइतबार बिहान ११ बजे शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको हो।

गठबन्धनका सबै दलले आइतबार शपथग्रहण गर्ने दिएको सुझाव अनुसार शपथग्रहणको कार्यक्रम तय गरिएको हो ।

 

नयाँ नियुक्तीसँगै मधेश प्रदेशमा नयाँ सरकारको कार्यसम्पादन औपचारिक रूपमा सुरु भएको छ।


मुख्यमन्त्री यादवले अब प्रशासनिक सुधार, विकास र सुशासनलाई प्राथमिकता दिँदै सरकार सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा हिमपात, अवस्था सामान्य

मुक्तिनाथ  । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने मुक्तिनाथ मन्दिर क्षेत्रमा परेको हिमपात  भएको छ  । गए रातिदेखि भइरहेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपास क्षेत्र हिउँले छपक्कै छोपेको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.