logo

मधेश प्रदेश सरकार गठन पेचिलो बन्दै , सिएममा कांग्रेस

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १९ गते ०३: ०३ मा प्रकाशित     371   पटक पढिएको

मधेश । मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया झनै जटिल बन्दै गएको छ।

 


प्रदेशसभा भित्रका मधेशी दलहरू आफूभन्दा अर्को दल अगाडि नजाओस् भन्ने प्रतिस्पर्धामा केन्द्रित हुँदै गएपछि सत्ता–समिकरण एकाएक कठीन बनेको राजनीतिक स्रोतले जनाएको छ।

 

सरकार गठनसँगै मुख्यमन्त्री पदमा मधेशी दलहरूको आ–आफ्नै दाबी सार्वजनिक भएको छ। दलका शीर्ष नेताहरूले आफ्नो दलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान कडा रुपमा अघि सारेका छन्।

 

यता, नेपाली कम्युनिष्ट पार्टी  भने प्रदेश राजनीतिमा निर्णायक मोडमा पुर्‍याउने मुख्य शक्ति बन्ने कोशिसमा छ । उसले सभामुख र शक्तिशाली मन्त्रालयहरू आफूले पाउनु पर्ने दावी  गर्दै सत्ता समीकरणमा महत्त्वपूर्ण प्रभाव जमाएको देखिन्छ।

 

यही बीच, सत्ता–समिकरणबारे भइरहेको रस्साकस्सी बीच आधीघण्टामा निष्कर्ष निस्कने विश्वास स्रोतहरूले व्यक्त गरेका छन्। स्रोतले मुख्यमन्त्री  नेपाली कांग्रेसले पाउने दावी गरेको छ ।

 

सात दल भन्दा बाहिर रहेको नेकपा एमालेले अव बन्ने सरकारलाई सर्मथन दिने भएको छ । एमालेको यो घोषणाले नेपाली कांग्रेसलाई आफनो अडान प्रस्तुत गर्न सजिलो हुने भएको छ ।

 

सात दल भित्रको सबै भन्दा ठुलो दल भएकोले पनि नेपाली कांग्रेसको दावीलाई स्वाभाविक रुपमा हेरिएको छ । 

सरकार गठनको प्रक्रियालाई झनै संवेदनशील बनाउँदै, मुख्यमन्त्री पदमा नेपाली कांग्रेसको दाबी समेत शक्तिशाली रूपमा अघि बढेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.