मधेश । मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया झनै जटिल बन्दै गएको छ।
प्रदेशसभा भित्रका मधेशी दलहरू आफूभन्दा अर्को दल अगाडि नजाओस् भन्ने प्रतिस्पर्धामा केन्द्रित हुँदै गएपछि सत्ता–समिकरण एकाएक कठीन बनेको राजनीतिक स्रोतले जनाएको छ।
सरकार गठनसँगै मुख्यमन्त्री पदमा मधेशी दलहरूको आ–आफ्नै दाबी सार्वजनिक भएको छ। दलका शीर्ष नेताहरूले आफ्नो दलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान कडा रुपमा अघि सारेका छन्।
यता, नेपाली कम्युनिष्ट पार्टी भने प्रदेश राजनीतिमा निर्णायक मोडमा पुर्याउने मुख्य शक्ति बन्ने कोशिसमा छ । उसले सभामुख र शक्तिशाली मन्त्रालयहरू आफूले पाउनु पर्ने दावी गर्दै सत्ता समीकरणमा महत्त्वपूर्ण प्रभाव जमाएको देखिन्छ।
यही बीच, सत्ता–समिकरणबारे भइरहेको रस्साकस्सी बीच आधीघण्टामा निष्कर्ष निस्कने विश्वास स्रोतहरूले व्यक्त गरेका छन्। स्रोतले मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने दावी गरेको छ ।
सात दल भन्दा बाहिर रहेको नेकपा एमालेले अव बन्ने सरकारलाई सर्मथन दिने भएको छ । एमालेको यो घोषणाले नेपाली कांग्रेसलाई आफनो अडान प्रस्तुत गर्न सजिलो हुने भएको छ ।
सात दल भित्रको सबै भन्दा ठुलो दल भएकोले पनि नेपाली कांग्रेसको दावीलाई स्वाभाविक रुपमा हेरिएको छ ।
सरकार गठनको प्रक्रियालाई झनै संवेदनशील बनाउँदै, मुख्यमन्त्री पदमा नेपाली कांग्रेसको दाबी समेत शक्तिशाली रूपमा अघि बढेको छ ।
तपाईको प्रतिक्रिया