logo

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा,सरकार निर्माणकालागि धारा १६८(२) को बाटो खुला

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १७ गते ०५: ०१ मा प्रकाशित     367   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशको सत्ता–राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको छ।

 

 सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा घोषणा गरेका छन्।

 

विश्वासको मत प्रक्रियामा सत्तापक्षकै सांसदहरूको अनुपस्थितिले अवस्था अनिश्चित बन्दै गएपछि उनले रोष्टममै उभिएर पद त्याग्ने घोषणा गरे। बिहानका लागि बोलाइएको बैठकमा कोही नआएपछि दिउँसो २ बजेतिर सारिएको थियो।

 

 तर बहुमत जुट्न असम्भव हुने प्रष्ट भएपछि उनले राजनीतिक नैतिकताको हवाला दिंदै पदबाट राजीनामा घोषणा गरे।

 

मुख्यमन्त्री यादव गत कात्तिक २३ गते संविधानको धारा १६८(३) बमोजिम नियुक्त भएका थिए।

 

तर उनको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै प्रदेशका सात दल सर्वोच्च पुगेपछि अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।

 

अदालतको आदेशपछि प्रदेशसभामा बहुमत नपुग्ने देखिएपछि उनले पदबाट हट्ने निर्णय गरेका हुन्।

 

जनकपुरमा बसेको आजको बैठकमा विपक्षी सातै दलका सांसदहरूले बहिष्कार गर्दै सदन छाडेपछि यादवले ‘यो परिस्थितिमा पदमा रहनु उचित हुँदैन’ भन्दै राजीनामाको घोषणा गरे।

 

उनको राजीनामासँगै संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको बाटो खुला भएको छ।

 

 अब मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनाउन दलहरूबीच कसरत तीव्र हुने संकेत देखिएको छ। प्रदेशको राजनीतिमा यसले फेरि ठूलो तरंग ल्याएको छ।

 

यादवको राजीनामाले मधेश राजनीतिक यात्रामा नयाँ अध्याय सुरू भएको संकेत दिएको छ—तर त्यो अध्याय कता मोडिन्छ, अब दलहरूको रणनीतिमा निर्भर रहनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा हिमपात, अवस्था सामान्य

मुक्तिनाथ  । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने मुक्तिनाथ मन्दिर क्षेत्रमा परेको हिमपात  भएको छ  । गए रातिदेखि भइरहेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपास क्षेत्र हिउँले छपक्कै छोपेको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.