logo

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा,सरकार निर्माणकालागि धारा १६८(२) को बाटो खुला

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १७ गते ०५: ०१ मा प्रकाशित     35   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशको सत्ता–राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको छ।

 

 सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा घोषणा गरेका छन्।

 

विश्वासको मत प्रक्रियामा सत्तापक्षकै सांसदहरूको अनुपस्थितिले अवस्था अनिश्चित बन्दै गएपछि उनले रोष्टममै उभिएर पद त्याग्ने घोषणा गरे। बिहानका लागि बोलाइएको बैठकमा कोही नआएपछि दिउँसो २ बजेतिर सारिएको थियो।

 

 तर बहुमत जुट्न असम्भव हुने प्रष्ट भएपछि उनले राजनीतिक नैतिकताको हवाला दिंदै पदबाट राजीनामा घोषणा गरे।

 

मुख्यमन्त्री यादव गत कात्तिक २३ गते संविधानको धारा १६८(३) बमोजिम नियुक्त भएका थिए।

 

तर उनको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै प्रदेशका सात दल सर्वोच्च पुगेपछि अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।

 

अदालतको आदेशपछि प्रदेशसभामा बहुमत नपुग्ने देखिएपछि उनले पदबाट हट्ने निर्णय गरेका हुन्।

 

जनकपुरमा बसेको आजको बैठकमा विपक्षी सातै दलका सांसदहरूले बहिष्कार गर्दै सदन छाडेपछि यादवले ‘यो परिस्थितिमा पदमा रहनु उचित हुँदैन’ भन्दै राजीनामाको घोषणा गरे।

 

उनको राजीनामासँगै संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको बाटो खुला भएको छ।

 

 अब मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनाउन दलहरूबीच कसरत तीव्र हुने संकेत देखिएको छ। प्रदेशको राजनीतिमा यसले फेरि ठूलो तरंग ल्याएको छ।

 

यादवको राजीनामाले मधेश राजनीतिक यात्रामा नयाँ अध्याय सुरू भएको संकेत दिएको छ—तर त्यो अध्याय कता मोडिन्छ, अब दलहरूको रणनीतिमा निर्भर रहनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुई स्कारपियो ठोक्कियो ,सात घाइते

चन्द्रपुर। रौतहटको यमुनामाई गाउँपालिका–४ मा मंगलबार बिहान भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन्।

मानवसेवा आश्रमको पहल , वीरगञ्जमा एक अज्ञात पुरुषको उद्धार

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट एक पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार उद्धार गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.