logo

वीरगंज यातायातका  हाकीमहरु गोदागोदमा उत्रे,कार्यलय प्रमुख साहको अर्कमण्यता,करारका कर्मचारी अभावमा समस्या पैदा

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १२ गते ०५: ४५ मा प्रकाशित     398   पटक पढिएको

वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखा, पर्सामा आज बिहान करिब ११ बजे कार्यालय प्रमुख कुशेश्वर साह र इन्जिनियर नितेश्वर यादवबीच कार्यालय परिसरमै हातहालाहाल भएको छ।

 

कार्यालयका एक कर्मचारी र एक सेवाग्राहीका अनुसार, रक्सी सेवन गरेर कार्यालय प्रवेश गरेका इन्जिनियर यादवले प्रमुख साहलाई ‘आमा चकारी’ गर्दै गालीगलौज पश्चात हातपात गरेका थिए।

 

केही क्षणमै अन्य कर्मचारीहरूले हस्तक्षेप गरी परिस्थितिलाई नियन्त्रणमा ल्याएका थिए। झगडापछि यादव कार्यालय परिसरबाट फरार भएको र उनको मोबाइल स्विच अफ अवस्थामा रहेको बताइएको छ।

 

स्रोतका अनुसार, हालै करार कर्मचारीलाई हटाइएको विषयमा इन्जिनियर यादव र प्रमुख साहबीच केही समयदेखि विवाद चलिरहेको थियो। 

 

यसबीच, कार्यालय प्रमुख साहको कार्यशैलीका कारण कार्यालय भित्र करार कर्मचारीहरूको समस्या चुलिएको कर्मचारीहरूले बताएका छन्। लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरूको सेवा अवधि थप नहुँदा कार्यालयको नियमित कामकाज समेत प्रभावित भएको उनीहरूको भनाइ छ।

 

कर्मचारीहरूले आरोप लगाएका छन् कि प्रमुख साहले तालुकवाला कार्यालयमा स्थायी कर्मचारीबाट नै काम चलाउन सकिने भनेर ‘ढाँटेको’ कारण करार कर्मचारीको करार अवधिकै नवीकरण हुन सकेन। “लोकसेवा पास गरेर आएका नयाँ कर्मचारीले अझै काम सिक्ने मेसो पनि पाएका छैनन्,” एक कर्मचारीले बताए।

 

तालुकवाला मन्त्रालयका सचिवले समेत प्रमुख साहले करार कर्मचारीको आवश्यकता परेको माग पेश नगरेकै कारण सेवा अवधि थप्न नसकेको बताएका छन्। मन्त्रालयमा यसै कार्यालयमा काम गरिसकेका अधिकृतहरू पनि रहेका छन्, जसले वीरगञ्जस्थित कार्यालयको अवस्था राम्रोसँग बुझेका छन्।

 

 प्रमुख साहको अकर्मण्यता र व्यवस्थापन कमजोर हुँदा समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ। उनको निर्णयका कारण शहीद परिवारका सदस्य समेत करारको जागिर गुमाउन बाध्य भएको स्रोतले जनाएको छ।

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.