काठमाडौं । फागुन २१ मा हुने आमनिर्वाचनमा सुरक्षा चुनौती बढिरहेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् ।
राष्ट्रपति पौडेलले आसन्न निर्वाचन प्रयोजनार्थ सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेसँगै अब सुरक्षामा सेना पनि प्रहरीसँगै खट्ने भएका छन् ।
मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसअघि मंसिर ४ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गर्न मन्त्रिपरिषद्मा पठाएको थियो ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया