logo

एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ९ गते ०६: २६ मा प्रकाशित     317   पटक पढिएको

काठमाडौं । नेकपा (एमाले)भित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

 

 मंगलबार विज्ञप्ति जारी गर्दै पोखरेलले आगामी ११औँ महाधिवेशनमा आफू अध्यक्षका रूपमा प्रस्तुत हुने घोषणा गरेका हुन्।

 

‘पार्टी निर्माणसम्बन्धी स्पष्ट अवधारणाका आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने निष्कर्षमा पुगेको छु,’ विज्ञप्तिमा पोखरेलले उल्लेख गरेका छन्।

 

देशभरका कार्यकर्ताहरूबाट पुनर्गठन र रूपान्तरणका लागि प्राप्त सुझाव तथा आग्रहलाई स्वीकार गर्दै आफू अगाडि बढेको उनले जनाएका छन्।

 

पोखरेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

 

 ‘योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी वितरण गर्दै सामूहिक नेतृत्वमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा उकास्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छु,’ उनले भनेका छन।

 

आफैले अघि सारेको आन्तरिक लोकतन्त्रको मान्यतालाई सम्मान गर्दै ओलीले सहज नेतृत्व संक्रमण सुनिश्चित गर्ने विश्वास पोखरेलले दोहोर्‍याएका छन्।

 

अभिभावकीय भूमिकामार्फत सहज निकास दिन पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा उल्लेख भनेका छन।

 

यससँगै उनले यही मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि निर्वाचनमा विवेकपूर्ण सहभागिताको अपिल पनि गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.