logo

एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ९ गते ०६: २६ मा प्रकाशित     69   पटक पढिएको

काठमाडौं । नेकपा (एमाले)भित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

 

 मंगलबार विज्ञप्ति जारी गर्दै पोखरेलले आगामी ११औँ महाधिवेशनमा आफू अध्यक्षका रूपमा प्रस्तुत हुने घोषणा गरेका हुन्।

 

‘पार्टी निर्माणसम्बन्धी स्पष्ट अवधारणाका आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने निष्कर्षमा पुगेको छु,’ विज्ञप्तिमा पोखरेलले उल्लेख गरेका छन्।

 

देशभरका कार्यकर्ताहरूबाट पुनर्गठन र रूपान्तरणका लागि प्राप्त सुझाव तथा आग्रहलाई स्वीकार गर्दै आफू अगाडि बढेको उनले जनाएका छन्।

 

पोखरेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

 

 ‘योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी वितरण गर्दै सामूहिक नेतृत्वमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा उकास्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छु,’ उनले भनेका छन।

 

आफैले अघि सारेको आन्तरिक लोकतन्त्रको मान्यतालाई सम्मान गर्दै ओलीले सहज नेतृत्व संक्रमण सुनिश्चित गर्ने विश्वास पोखरेलले दोहोर्‍याएका छन्।

 

अभिभावकीय भूमिकामार्फत सहज निकास दिन पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा उल्लेख भनेका छन।

 

यससँगै उनले यही मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि निर्वाचनमा विवेकपूर्ण सहभागिताको अपिल पनि गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बिवाह पञ्चमीको अवसरमा भोली मंगलवार मधेशमा सार्वजनीक बिदा

जनकपुर ।  मधेस प्रदेश सरकारले मंसिर ९ गते (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ।

सिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचन सम्पन्न, न्यौपानेको प्यानल निर्वाचित

सिमरां । सिमरा खानेपानीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा युवराज न्यौपाने नेतृत्वको प्यानल बिजयी भएको छ । अन्तिम मतरिणाम अनुसार चरा चुनाव चिन्हका सबै उम्मेदवार फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.