logo

रौतहटको वृद्धावन–९ मा २५ वर्षीया महिलाको विभत्स हत्या, परिवार फरार

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ९ गते ०३: ५१ मा प्रकाशित     106   पटक पढिएको

 रौतहट। रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक २५ वर्षीया महिलाको विभत्स रूपमा हत्या गरिएको रहस्योद्घाटन भएको छ।

 

 भुसाहा निवासी शेख आदिलकी पत्नी तरीमा खातुन सोमबार राति हत्या गरी घरको भुस राख्ने स्थानमा खाडल खनी पुरिएको अवस्थामा फेला परेकी हुन्।

 

मंगलबार बिहान घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडा तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो। उक्त टोलीले खातुनको शव माटोभित्र पुरिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

घटनाका बेला खातुनका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत रहेको खुलेको छ। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मद सहित घरका सबै सदस्य फरार छन्।

 

उनीहरूले खातुनकी डेढ वर्षीया छोरी मोहम्मद आरिफलाई समेत लिएर भागेको प्रहरी उपरीक्षक  रविन कार्कीले जानकारी दिए।

वडा अध्यक्ष प्रवेज आलमका अनुसार मृतक खातुनको माइती गुजरा नगरपालिका–७, पल्टुवा हो। कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग खातुनको अवैध सम्बन्ध रहेको आरोप लागेको थियो। त्यसपछि दुवैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको थियो।

 

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट देखिएको र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुमान छ। घटनास्थलबाट प्रयोग भएको एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ।

 

खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी जारी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

सिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचन सम्पन्न, न्यौपानेको प्यानल निर्वाचित

सिमरां । सिमरा खानेपानीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा युवराज न्यौपाने नेतृत्वको प्यानल बिजयी भएको छ । अन्तिम मतरिणाम अनुसार चरा चुनाव चिन्हका सबै उम्मेदवार फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।

सफाइ तथा हरियाली संरक्षण अभियानको कार्यक्रम सुरु

बीरगंज। बिरगंज महानगरपालिका–१६, रक्सौल–बिरगंज मितेरी पुल क्षेत्रमा मेयर राजेशमान सिंहले २२औँ दिनको सफाइ तथा हरियाली संरक्षण अभियानको कार्यक्रम सुरु गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.