logo

रौतहटको वृद्धावन–९ मा २५ वर्षीया महिलाको विभत्स हत्या, परिवार फरार

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ९ गते ०३: ५१ मा प्रकाशित     412   पटक पढिएको

 रौतहट। रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक २५ वर्षीया महिलाको विभत्स रूपमा हत्या गरिएको रहस्योद्घाटन भएको छ।

 

 भुसाहा निवासी शेख आदिलकी पत्नी तरीमा खातुन सोमबार राति हत्या गरी घरको भुस राख्ने स्थानमा खाडल खनी पुरिएको अवस्थामा फेला परेकी हुन्।

 

मंगलबार बिहान घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडा तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो। उक्त टोलीले खातुनको शव माटोभित्र पुरिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

घटनाका बेला खातुनका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत रहेको खुलेको छ। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मद सहित घरका सबै सदस्य फरार छन्।

 

उनीहरूले खातुनकी डेढ वर्षीया छोरी मोहम्मद आरिफलाई समेत लिएर भागेको प्रहरी उपरीक्षक  रविन कार्कीले जानकारी दिए।

वडा अध्यक्ष प्रवेज आलमका अनुसार मृतक खातुनको माइती गुजरा नगरपालिका–७, पल्टुवा हो। कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग खातुनको अवैध सम्बन्ध रहेको आरोप लागेको थियो। त्यसपछि दुवैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको थियो।

 

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट देखिएको र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुमान छ। घटनास्थलबाट प्रयोग भएको एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ।

 

खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी जारी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.