कलैया । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौं तान्ने निर्णय गरेको छ।
बाराको सिमरा क्षेत्रमा चलिरहेको जेनजी समुह र नेकपा एमालेको युवा संघको मधेश युवा जागरण अभियान अन्तर्गतको प्रदर्शनका क्रममा कार्यकर्ताबीचको झडपले शान्ति सुब्यवस्थामा खलल पुगेको थियो।
स्थानीय रिपोर्ट अनुसार, बुधवारदेखि सुरु भएको जेनजी र एमालेबीचको भिडन्त निकै तिव्र रुपमा भएको थियो, जसका कारण प्रशासनले कर्फ्यु लगाउनु परेको थियो। एसपी तामाङले स्थितिलाई नियन्त्रणमा लिन प्रभावकारी नेतृत्व गर्न नसकेको बिश्लेषणमा हेडक्वार्टर पुगेकोले उनलाई तानिएको स्रोतको दावी छ ।
सिमरामा भएको झडपमा प्रहरी र आन्दोलनकारी दुवै पक्षका करिब १० जना घाइते भएका छन्।
सो घटनालाई ध्यानमा राख्दै, प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई बारामा जिम्मेवारीका लागि पठाएको छ।
जेनजी युवा जागरण अभियान र एमालेबीचको झडप यो केवल सुरक्षा गड़बड़ी मात्र नभएर राजनीतिक तनावको संकेत हो । जेनजी युवाहरुले प्रहरीको भूमिकाप्रति गम्भिर प्रश्न समेत उठाएका थिए भने फिल्डमा खटिएको प्रहरीले जेनजी युवासामु निरिहिता प्रर्दशन गरेका थिए ।
सन्तुलीत भूमिका निर्वा गर्न कमाण्डरको हैसीयतमा तमाङ असफल भएको निष्कर्षमा हेडक्वार्टरमा पुगेको स्रोतले जनाए ।
प्रहरी प्रमुखको अचानक सरुवाको पछाडी प्रशासनले दवाब महसुस गरेको हुन सक्छ, वा तिनले स्थानीय सुरक्षा चुनौतीलाई राम्रोसँग व्यवस्थापन गर्न सकेनन् भनेर माथिल्लो कार्यालयले मूल्यांकन गरेको आधारमा मात्र कमाण्डर परिर्वतन हुने चान्स हुन्छ।
मानव अधिकार आयोगले पनि सिमरामा उत्पन्न तनावप्रति चासो देखाएको छ, जसले प्रशासनलाई कठोर कदम चालेको देखिन्छ।
तपाईको प्रतिक्रिया