logo

मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सोनलद्वारा अन्ततः सरकारी निवास खाली, नयाँ मुख्यमन्त्री यादव प्रवेशको तयारी

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ५ गते ०३: २६ मा प्रकाशित     241   पटक पढिएको

जनकपुर । राजनीतिक तनाब र तानातानबीच अन्ततः मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले सरकारी निवास खाली गरेका छन्।

 

 

शुक्रबार बिहानै उनले आवास परिसरका गमलामा पानी हाल्दै घर छाडेको दृश्य सार्वजनिक भएपछि उनको ‘नछाड्ने’ अडान अन्त्य भएको छ।

 

नयाँ मुख्यमन्त्री सरोज यादवले दिएको कडा अल्टिमेटमभित्रै निवास खाली भएपछि मुख्यमन्त्री कार्यालयले अब नयाँ बसोबास व्यवस्थाका प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।

 

यादवले केही दिनदेखि नै विभिन्न दलका नेता, संसदीय दलका प्रमुख सचेतक तथा सम्बद्ध निकायसँग निरन्तर समन्वय गर्दै सोनललाई निवास खाली गरिदिन औपचारिक आग्रह गर्दै आएका थिए।

 

यसअघि ७ दलिय गठबन्धनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगिएपछि मात्र निवास छाडिने बताइरहे पनि पछिल्ला राजनतिक घटनाक्रमका कारण निवास छोडने निष्कर्षमा सोनल पुगेको बताइन्छ  । 

 

स्रोतका अनुसार सोनलले निवास छाडेपछि अब मुख्यमन्त्री यादवलाई औपचारिक रूपमा सरकारी निवास प्रवेश गराउने तयारी थालिएको छ। नयाँ सरकार गठनसँगै स्थगित रहेको सत्ता हस्तान्तरण प्रक्रियाले अब तीव्रता पाउने संकेत मिलेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.