logo

बाराको सिमरा अझै तनावग्रस्त, झडपमा ४ जना घाइते, मानवअधिकार आयोगको चासो

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ४ गते ०१: ५३ मा प्रकाशित     336   पटक पढिएको

वीरगंज । नेकपा एमालेका यवा र  जेन–जी युवाबीच भएको पछिल्ला झडपपछि बाराको सिमरा बजार आज पनि उत्तिकै तनावग्रस्त बनेको छ। 

 

प्रदर्शनका क्रममा युवाहरूले सडकमा टायर बालेर यातायात अवरुद्ध पारेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा पुनः झडप भएको जिल्ला प्रहरीका अधिकारीहरूले जनाएका छन्।झडपमा परि ४ जना प्रर्दशनकारीहरु घाइते भएका छन उनीहरुको सीमराको अस्पतालमा उपचार भइरहेको छ ।

 

दुईजनालाई थप उपचारकोलागि वीरगंज रिफर गरिएको स्वास्थ्यकर्मीले जनाएका छन । 

झडप चर्किँदै जाँदा केही प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा–इँटा प्रहार गरेपछि सुरक्षाकर्मीहरू केही समयका लागि पछि हट्न बाध्य भएका थिए। त्यसपछि प्रदर्शनकारीले सडकमा कब्जा जमाउँदै नाराबाजीलाई निरन्तरता दिएका छन्।

 

इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले हिजोको घटनामा संलग्न रहेको आरोपमा  दुईजनालाई पक्राउ गरिसकेका छौँ। तर प्रदर्शन रोकिएन। सडक खुलाउन खोज्दा पुनः झडप भएको बताए । उनले सकड खोल्न खोज्दा झडप भएको बताए । 

 

यसैबीच, नेपाल मानवअधिकार आयोगले बाराको सिमरा क्षेत्रमा बढ्दो तनाव र बल प्रयोगको अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेको छ। आयोगले सबै पक्षलाई संयमता अपनाउन, नागरिकको सुरक्षा सुनिश्चित गर्न र घटनाको निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले प्रहरी र प्रदर्शनकारी दुवै पक्षले आचारसंहिता र कानूनी मार्गको पालनामा जोड दिएको छ।

 

सिमरा बजार क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रशासनले सुरक्षा जोखिमका कारण अतिरिक्त बल तयारी अवस्थामा राखेको जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.