logo

आन्दोलन चर्किएसंगै सीमरामा स्थानीय प्रशासनले फेरी लगायो कर्फ्यू

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ४ गते ०१: १३ मा प्रकाशित     279   पटक पढिएको

वीरगञ्ज।  बाराको सिमरा विमानस्थल क्षेत्र र जीतपुर–सिमरा आसपास जेनजी युवाहरूको प्रदर्शनले असामान्य स्थिति सिर्जना हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ।

 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) र (ख) बमोजिम .आज मंसिर ४ गते दिउसो  १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि  कर्फ्यू आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारीद्वारा सूचनामा उल्लेख छ ।

बाराका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार तोकिएको क्षेत्रमा कोई पनि व्यक्ति वा समूहले सभा, जुलुस, प्रदर्शन, भीड, धर्ना, बैठक तथा कुनै किसिमको गतिविधि गर्न, आवत–जावत गर्न वा भीड जम्मा गर्न पाउने छैन।

कर्फ्यू लागू हुने क्षेत्र

वीरगञ्ज–पथलैया सडक–खण्डको पथलैया चोकदेखि जीतपुर लाल्का पुलसम्म, राजमार्गको दायाँ–बायाँ ५०० मिटरभित्र

सिमरा विमानस्थल परिसरको वरिपरि ५०० मिटरभित्र

प्रशासनले आपत्कालीन सेवाका एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, पत्रकार, स्वयम् सेवक, कूटनीतिक व्यक्ति तथा हवाई टिकटको आधारमा हवाई यात्रुहरूलाई भने आवश्यक सहजीकरण गर्ने जनाएको छ । 

जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.