logo

एमाले युवा जेनजी आमने सामने ,वीरगंज पथलैया सडक खण्ड र सीमरा एयरर्पोट क्षेत्रमा कर्फ्यू आदेश

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ३ गते १२: ४३ मा प्रकाशित     175   पटक पढिएको

वीरंजग ।  बारा सिमरा क्षेत्रमा उत्पन्न तनावपछि बारामा आज करिब साढे ८ घण्टाका लागि कर्फ्यु आदेश जारी गरिएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरामा स्थानीय प्रशासनले कर्फ्र्य आदेश जारी गरेको हो ।

 

बुधबार नेकपा (एमाले) युवा पक्ष र जेन्जीबीच झडप भए पछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा राख्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। अहिले साढे १२ बजेदेखी राती ८ बजेसम्मकालागि कर्फयू आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधीकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी सूचनामा उल्लेख छ । 


गण्डग नहर देखी पथलैया राजमार्गको ५०० मिटर बरिपरि  सम्मर सीमरा बिमान स्थलको ५०० मिटर वरिपरि सम्म कर्फूर्य आदेश जारी भएको हो । 

कहाँ कहाँ कर्फ्यु ?

जारी सूचनाअनुसार कर्फ्यु आदेश यस क्षेत्रमा लागू हुनेछ—


(गण्डक नहरदेखि पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ५०० मिटर
(सिमरा विमानस्थलको वरिपरि ५०० मिटर क्षेत्र

 

प्रशासनले भीडभाड, विरोध, जुलुस, सभा, बैठक, धर्ना तथा कुनै पनि प्रकारका गतिविधि तत्कालका लागि पूर्णरूपमा निषेध गरेको छ।

 

कर्फ्यु अवज्ञा गर्नेविरुद्ध कानुनअनुसार कडा कारबाही हुने चेतावनी समेत जारी गरिएको छ ।

 

तनावग्रस्त अवस्था भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ
भने स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको जनाएको छ।

May be an image of ticket stub and text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.