logo

मधेस प्रदेशमा सरकार गठन विवाद,मुख्यमन्त्री यादवनै रहे सर्वोच्चले मंसिर ११ मा अन्तिम सुनुवाइ गर्ने

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २ गते ०९: १६ मा प्रकाशित     170   पटक पढिएको

काठमाडौँ  । मधेस प्रदेश सरकार गठनसम्बन्धी विवादमा सर्वोच्च अदालतले आउँदो मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने भएको छ।

 

न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विपक्षीलाई मंसिर ९ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै सोही आधारमा मंसिर ११ गते अन्तिम सुनुवाइका लागि पेश गर्न निर्देशन दिएको हो।

 

प्रदेशसभाका ७४ सांसदहरूले संविधानको धारा १६८(३)अनुसार सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

 

सर्वोच्च अदालतले रिटको टुंगो नलागेसम्म मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न  आदेशसमेत जारी गरेको छ।

 

अदालतले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ— संविधानको धारा १६८(४) अनुसार विश्वासको मत लिने प्रक्रिया पूरा नभइसकेको अवस्थामा तथा सभामा बहुमत सदस्यहरूले धारा १६८(२)बमोजिम सरकारले गठन गर्न दाबी प्रस्तुत गरिरहेको पृष्ठभूमिमा, सो दाबीबारे निर्णय नहुँदै धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्ति हुन सक्ने कि नसक्ने भन्ने विषय अन्तिम निर्णयसाथ स्पष्ट हुनेछ।

 

यस प्रकरणले संसदीय लोकतन्त्रका मूल्यमान्यता, पारदर्शिता र प्रक्रिया स्वयंममा गम्भीर प्रश्न उठाएको भन्दै अदालतले २०७४ को सर्वोच्च अदालत नियमावलीको नियम ४९(२)(क) अनुसार अन्तरिम आदेश जारी गरेको हो। अदालतले मिति २०८२।०७।२३ मा गठन भएको भनिएको मन्त्रिपरिषद्ले कुनै पनि नीतिगत वा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न तथा विश्वासको मतसम्बन्धी संवैधानिक प्रक्रियाविपरीत जाने कार्यसमेत नगर्न भनेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.