logo

भास्कर हर्वास्युटिकल्सद्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २७ गते ०८: ५४ मा प्रकाशित     217   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकालाई  भास्कर हर्वास्युटिकल्स प्रालिले पाँच थान ल्यापटप सहयोग गरेको छ।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’ नाममा भएको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन तथा कार्यालय सामग्रीहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। सो घटनापछि कार्यालय सञ्चालन र प्रशासनिक कामकाजमा कठिनाइ उत्पन्न भएको थियो।

 

त्यही अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्सले सामाजिक उत्तरदायित्व  अन्तर्गत महानगरलाई सहयोगस्वरूप ल्यापटप उपलब्ध गराएको हो।

 

बिहीबार महानगरपालिकामा आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले पाँच थान ल्यापटप महानगरका प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरे। अग्रवालले समाज र स्थानीय निकायसँग सहकार्यलाई प्राथमिकता दिने कम्पनीको नीति अनुरूप यो सहयोग गरिएको बताए।

 

उनले भने, “वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय पनि हो। त्यस समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो।”

 

कार्यक्रममा वीरगंज महानगर प्रमुख सिंहले भास्कर हर्वास्युटिकल्सप्रति आभार व्यक्त गर्दै भने, “भदौको घटनापछि महानगरका भौतिक पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको थियो।

 

यस्ता सहयोगहरूले पुनःस्थापनामा ठूलो सहयोग पु–याइरहेका छन्। हामी दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं।”

 

यसअघि पनि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के.एन.पी. जापान र ब्रीटानिया जस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन्।

 

महानगरले यस्ता सहकार्य र सहयोगका कार्यक्रमहरूबाट पालिकाबाट प्रदान गरिने सेवाको पुनःस्थापना र डिजिटल प्रशासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.