logo

मधेश प्रदेशका सभामुख मण्डल बिरुद्ध महाभियोग दर्ता

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २७ गते ०७: १२ मा प्रकाशित     225   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि पदीय आचरण विपरीत कार्य गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गरिएको छ।

प्रदेशसभामा ७ दलका ७४ जना सांसदले संयुक्त रूपमा सभामुख मण्डलविरुद्ध महाभियोग दर्ता गरेका हुन्। प्रस्तावमा हस्ताक्षर गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नेकपा (माओवादी केन्द्र)छन्।

 

महाभियोग प्रस्तावमा  सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली, २०७५ को परिच्छेद २१ र नियम १८० बमोजिम आफ्नो पदीय र आचारणगत दायित्व पूरा गर्न असफल भएका छन्। त्यसकारण उनलाई सभामुख पदबाट पदमुक्त गर्न माग गरिएको हो।

प्रस्ताव दर्ता भएपछि सभामुखमाथि तत्काल पद स्थगनको प्रक्रिया अघि बढ्ने बताइएको छ।


प्रदेशसभा सचिवालयका अनुसार महाभियोग प्रस्ताव दर्ता भएपछि नियम अनुसार सभामुखले कार्यभार सम्हाल्न पाउँदैनन् र प्रस्तावको छानबिन समितिले प्रतिवेदन नआउँदासम्म उपसभामुखले सभाको काम सञ्चालन गर्ने व्यवस्था छ।

 

 यद्धपी निवेदकहरुको उजुरी अनुसार सभामुख मण्डल बिरुद्धको महाअभियोग प्रस्ताव पारित हुने अवस्था छैन ।

 

अहिले ७४ जनाले महाअभियोग प्रस्ताव दर्ता गरे पनि प्रस्ताव पारित हुन ७९ मत चाहिन्छ । सभामुख बिरुद्धको उजुरी रिसाएको बिरालोले खम्बा चिथारे जस्तो मात्र रहेको  एक बिश्लेषकले बताएका छन  ।

 

उनले भने बिपक्षी दलहरुको आफनो अर्कमण्यता लुकाउनकालागि यो राजनीतिक स्टण्ट शुरु भएको हो । महाअभियोग प्रस्ताव पारित हुन दुई तिहाई बहुमतको आवश्यकता पर्छ ।  प्रदेश सभामा हाल १०५ सदस्य कायम छन । नेकपा एमाले  संग २४ सदस्य छन  ।  

 

यसअघि पनि मधेश प्रदेशमा सभामुख र दलहरूबीच विवाद देखिँदै आएको छ। विशेषतः सत्तारूढ गठबन्धन र विपक्षबीच मुख्यमन्त्री नियुक्ति र विश्वासको मतका विषयमा उत्पन्न विवादपछि राजनीतिक अस्थिरता बढेको थियो।

 

नेता तथा विश्लेषकहरूले यो महाभियोगलाई मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ मोड ल्याउने घटनाका रूपमा हेरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.