logo

११ दलको एकता ओली र सिद्धान्तविरुद्ध मात्रै होः एमाले नेता सूर्य थापा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २७ गते ०६: ४९ मा प्रकाशित     252   पटक पढिएको

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले हालै घोषित ११ दलको एकतालाई केवल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सिद्धान्तविरुद्धको राजनीतिक अभियानका रूपमा चित्रण गरेका छन्।

प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकारसँगको संवाद कार्यक्रममा बोल्दै थापाले भने, “यी ११ दल मिसिनुको कुनै राजनीतिक अर्थ छैन, यसको उद्देश्य केवल केपी ओलीको निन्दा गर्नु र उहाँका सिद्धान्तविरुद्ध बोल्नु मात्रै हो।”

 

थापाका अनुसार समाजवादी र माओवादीबाहेक अन्य नौ दलको जनस्तरमा कुनै पहिचान नै छैन। उनले भने, “११ वटा पार्टीको एकता भन्ने सुनेको छु, तर त्यसमा समाजवादी र माओवादीबाहेक अरु नौ पार्टी शून्य हुन्। देशभरका जनताले चिनेका पनि छैनन्। त्यसैले ‘हामी मिसियौं’ भन्नु मात्र प्रचार हो, राजनीति होइन।”

 

उनले २०७७ सालदेखि नै यस्ता एकता प्रयासहरू ओलीविरुद्धकै अभियानका रूपमा दोहोरिँदै आएको बताए। “त्यो बेला पनि ओलीको विरोधमै यस्तो खेल भयो, आज पनि त्यही दोहोरिएको हो,” थापाको भनाइ थियो।

 

थापाले पछिल्लो समय “पेन्सन पकाउने सेलिब्रेटी”हरूले पनि पार्टी खोल्ने लहर चलेको भन्दै व्यङ्ग्य गरे। उनले भने, “अहिले पार्टी खोल्न सजिलो भएको छ। तर, कांग्रेस र एमालेजस्ता शताब्दी पार्टी बन्न सजिलो छैन। अहिले दर्ता भएका धेरै नयाँ पार्टी कालिपोके बन्ने खतरा छन्।”

 

एमाले केन्द्रीय कमिटीमा २३ गतेको घटनाबारे छलफल हुँदा करिब ३२८ सदस्यले ओलीले घटनाको नैतीक जिम्मेवाी लिनु पर्छ भनेर  बोलेको चर्चाबारे पनि उनले प्रष्ट पारे। “त्यो बैठकमा ३ सय २८ जनाले बोलेका थिए, तर पद छोड्नुपर्छ भन्ने मत केवल १६ जनाले राखेका थिए। सचिवालयमा पनि ५ जनाले मात्रै सो मत दिएका थिए। बाँकी सबै ओलीकै पक्षमा उभिएका थिए,” उनले स्पष्ट पारे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.