logo

मधेशमा नयाँ सत्ता समीकरण, सरकारको कमाण्ड कांग्रेस हातमा, यादव मुख्यमन्त्री बन्ने

 इसीमाना सम्वाददाता     २०८२ असोज ११ गते ०६: ४५ मा प्रकाशित     1059   पटक पढिएको

जनकपुरधाम ।  मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सत्ता समीकरण बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोसपाबीच सहमति भई कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ।

 

 यद्धपी यही गठबन्धन सिंह सरकारमा पनि थियो । अव त्यसको नेतृत्वकर्ताबाट सिंह भने बिदा हुने अवस्था सृजना भएको हो ।

 

चार दलबीचको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव मुख्यमन्त्री बन्ने तय भएको जनमत पार्टीका नेता महेश प्रसाद यादवले जानकारी दिएका छन  ।  

 

दलहरुको केन्द्र तहमा भएको छलफलले पुरानै गठबन्धन कायम राख्ने कुरामा सहमती गरेको छ । यादवका  अनुसार प्रदेश प्रमुख फर्किएलगत्तै बहुमत सांसदहरूको हस्ताक्षरसहित पत्र बुझाइनेछ।

 

प्रदेशमा सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ। हाल कांग्रेसका २२, एमालेका २४ (एक निलम्बितबाहेक), जनमतका १३ र लोसपाका ८ (एक निलम्बितबाहेक) सांसद रहेको गठबन्धनसँग बहुमत सुनिश्चित भएको देखिन्छ।

 

गत भदौ २८ गते जनमतले आफ्नै दलका मुख्यमन्त्री सिंहलाई फिर्ता बोलाएपछि सरकार संकटमा परेको थियो। त्यसपछि कांग्रेसले पनि समर्थन फिर्ता लिएपछि सिंहको सरकार अल्पमतमा धकेलिएको हो।

 

जेनजी आन्दोलनका क्रममा मुख्मन्त्री सिंहले समाजिक संजाल मार्फत दिएको राजीनामा कारण मधेशमा सरकार परिर्वतनको आधार बनेको हो । 


गत भदौ २८ गते जनमत पार्टीले आफ्नै दलका मुख्यमन्त्री सिंहलाई फिर्ता बोलाएपछि मधेश सरकार संकटमा परेको थियो। त्यसपछि नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिँदै सरकार अल्पमतमा धकेलिएको हो।

 

 त्यसयता नयाँ सरकार गठनबारे दलहरूबीच तीव्र वार्ता चलेको थियो। मधेशमा सरकार परिर्वतनको सहमती हुदै गर्दा मुख्यम्नत्री सिंह भने बिश्वासको मत परिक्षणको तयारीमा छन ।

 

 यसो गर्दा केही दिन उनको सत्ता यत्रा लम्बिने छ । उनले २८ गते बिश्वासको मत लिने तर २७ गते राजीनामा दिन सक्ने अड्कल समेत गरिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परी  सेवानिवृत शिक्षक शर्माको निधन

सीमरा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा परी एक जना सेवानिवृत शिक्षक केदारप्रसाद शर्माको मृत्यु भएको छ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.