logo

गरिब सुकुम्वासीको सपना टुट्ने खतरा,जेन जी सरकार भूमिहीन–विरोधी प्रमाणित हुँदै

 इसीमाना सम्वाददाता     २०८२ असोज ८ गते ०९: २० मा प्रकाशित     568   पटक पढिएको

पूर्जा पाएपछि खुशी, पर्साको सखुवा प्रसौनी गाउँपालिकाका नागरिक

काठमाडौं । मुलुकभर करिब १२ लाख भूमिहीन नागरिक वर्षौंको संघर्षपछि यस पटक आफू बसेको माटोको स्वामित्व पाउने कुरामा ढुक्क भएका थिए। 

 

जमिनको लालपुर्जा हातमा पर्ने आशाले उनीहरूको जीवनभरको पीडा र असुरक्षामा केही भए पनि उज्यालो देखिएको थियो।

जमिनको लालपुर्जा केवल कागज होइन—यो गरिब, सुकुम्वासी र सर्वहारा जनताको लागि जीवन र भविष्यको आधार हो।

 

 लालपुर्जा हातमा आउनासाथ मात्र उनीहरूको घर–आँगन सुरक्षित हुन्छ, उत्पादनमूलक श्रम गर्ने आत्मविश्वास बढ्छ र आफ्ना सन्तानलाई गरिबीको पीडाबाट मुक्त गर्ने बाटो खुल्छ।

 

तर, अहिले जेन जी सरकारले भूमिसम्बन्धी आयोग नै खारेज गर्ने तयारी गरेको समाचार सार्वजनिक भएपछि यी सबै सपना धरापमा पर्ने खतरा बढेको छ।

 

यस निर्णयले गरिब, निमुखा र सुकुम्वासीविरुद्ध सरकार खुलेआम खडा भएको प्रमाणित भइरहेको छ। सरकार गरिव बिरोधी बित्तामा उभिएको उनीहरुको बुझाई छ ।

 

ऐनद्वारा बनेको आयोग यो अन्तिम पटककालागि निर्माण भएको थियो । अन्तिम पटक मुलुकको भूमि समस्या हल गरेर भूमि नभएका गरिब सर्वहारा दलीत सुकुम्बासी जनतालाई जग्गाको स्वामित्व दिने गरि बनेको आयोगको खारेजीसंगै समस्या ज्यूका त्यूँ रहने संशय बढेको छ । आयोगले भने ठाउँ ठाउँमा पूर्जा बितरणको काम पनि शुरु गरेको थियो । 

 

जनताले भोग गर्दै आएको जमिनकै स्वामित्वबाट वञ्चित गर्ने, दशकौंको संघर्षलाई निरर्थक बनाउने र जमीनमा कब्जा जमाएका दलाल–सामन्तको स्वार्थलाई जोगाउने सरकारी प्रयासले भूमिहीन नागरिकहरूमा असुरक्षा र आक्रोश दुवै बढेको छ।

सर्वहारा वर्गका लागि जमिनको लालपुर्जाको अर्थ—स्वाभिमान, सुरक्षाको अनूभूती, श्रमको सम्मान र सन्तानको भविष्य हो।

 

 त्यसैले जमिनको स्वामित्वको अधिकार कुनै दया–दान होइन, यो जनताको राजनीतिक तथा सामाजिक हक हो।नेपालको संबिधान २०७२ ले यसलाई सम्बैधानिक रुपमै मौलीक हकको रुपमा समेत प्रवन्ध गरेको छ ।

 

गरिब जनताको जमिन अधिकार खोस्ने प्रयास अन्ततः जनआन्दोलनकै विषय बन्ने निश्चित छ। पूर्जा बिहिन नागरिकलाई जमिनको मालिक बनाउने अभियानलाई पर्सामा तिब्रता दिइरहेको अवस्थामा खारेजीको ब्यवस्था मिलाईने सरकारी निर्णयले अन्यौलता सृजना गरेको आयोग पर्साका अध्यक्ष तवरेज अहमदले बताए ।

 

उनले दैश र तिहारको वीचमा ठोरी , पटेर्वा सुगौलीमा पूर्जा तिरण गर्ने तयारी भएको स्मरण गरे ।

 

उनले जनताको हितमा काम गर्नु राज्यको दायित्व भएको चर्चा गर्दै आयोगको काम  ठिक र उचित रहेकोले त्यसको खारेजी भन्दा पनि गुणात्मक कामको सुनिश्चिततामा ध्यान दिनु आवश्यक रहेको बताए ।

 

उनले राजनीतिक दलका कायर्कर्ताको रोजगारीको रुपमा चर्चा गरेर दलीत भूमिहिन नागरिकको हक प्रत्याभूती गर्नबाट रोक्न पाइदैन ।

 

ब्यक्ति मन नपरेको हो भने ब्यक्ति हटाउ तर मौलीक हकबाट भूमिहिन नागरिकलाई बन्चित गर्ने गैरकानूनी काम नगर्न उनले सुझएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.