logo

जेनजी समूहको आगजनीमा घाइते भएकी सोशिला देवी हजराको पनि ज्यान गयो

 इसीमाना सम्वाददाता     २०८२ असोज ७ गते १२: ४७ मा प्रकाशित     367   पटक पढिएको

वीरगन्ज ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंग्टाको घरमा कार्यरत घरेलु मजदुर सोशिला हजराको ज्यान गएको छ । 

जेनजी समूहले आगजनी गर्दा गम्भीर घाइते भएकी घरेलु मजदुर हजराको उपचारका क्रममा ज्यान गएको हो। ४५ वर्षीया शोसिला देवी हजरा कीर्तिपुर बर्न अस्पतालमा १३ दिनको उपचारपछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

सोसिला देवीको शरीरको लगभग ५० प्रतिशत भाग जलेको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। घटनामा अन्य मजदुर पनि घाइते भएका छन्, जसमा भारतको बिहार सुगौलीका १८ वर्षीय विनय यादव पनि छन।

 

विनयको शरीरको पनि करिब ५० प्रतिशत भाग जलेको थियो, र उनलाई हाल कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइदै छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले बताए।

 

यो घटनामा जेनजी समूहले अनिल रुंग्टाको वीरगन्ज–१३ स्थित घरमा आगजनी गरेको र उक्त घरलाई पूरै ध्वस्त बनाएको थियो। साथै, परिसरका अन्य चार घरमा पनि तोडफोड र लुटपाट गरिएको थियो।

 

 घटनामा घाइते भएका अधिकांश मजदुरलाई स्थानीयको सहयोगमा उद्दार गरिएको थियो, तर दुई जनालाई समयमै बाहिर निकाल्न नसक्दा उनीहरू गम्भीर घाइते भएका थिए।

पर्सा प्रहरीले भने, घटना सम्बन्धी थप अनुसन्धान भइरहेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको भइरहेको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.