logo

नख्खु कारागारबाट भागेका कैदीद्वारा श्रीमतीको हत्या,  जिम्मेवारी कसले लिने ?

 इसीमाना सम्वाददाता     २०८२ असोज ५ गते ०५: १९ मा प्रकाशित     424   पटक पढिएको

काठमाडौं।  नख्खु कारागारबाट फरार भएका एक कैदीले आफ्नै घरमा श्रीमतीको हत्या गरेका छन्। पनौती नगरपालिका–१२ कलाँतीस्थित घरको करेसामा ३१ वर्षीया जमुना तामाङलाई हत्या गरी गाडिएको अवस्थामा फेला पारिएको हो।

 

हत्या गर्ने व्यक्ति उनका श्रीमानर सन्त बहादुर तामाङ हुन्, जो गत जेनजी आन्दोलनका बेला नख्खु जेलबाट भागेका थिए।

सन्तबहादुर तामाङलाई जर्बजस्तीकरणी उद्योग मुद्दामा तीन वर्षे कैद सजाय तोकिएको थियो। तर उनको कैद अवधि समाप्त हुन  मात्र एक महिना बाँकी थियो। यसैबीच २४ गते नख्खु कारागारबाट भागेर उनी घर पुगेका थिए र आफ्नै श्रीमतीको हत्या गरे ।

 

 यो घटना केवल एक परिवारको त्रासदी मात्र होइन, कारागार प्रशासन र राज्यको जिम्मेवारीबारे पनि गम्भीर प्रश्न खडा गर्ने खालको बिषय हो ।

 

आन्दोलनका नाममा कारगारबाट कैदीहरु भाग्ने वतावरण बनाउने को हुन ? एउटा जीवनको इहलिला समाप्तीको यो दर्दनाक घटनाको जिम्मा तिनको पनि हो । सुरक्षा निकायले समयमै नियन्त्रण गर्न नसक्दा निर्दोष महिलाले ज्यान गुमाउनुपरेको हो, यसको जवाफदेही को हो ? 

स्थानीयवासीका अनुसार, सन्तबहादुर र जमुनाबीच केही दिनदेखि विवाद चलिरहेको थियो। यही विवादको क्रममा उनले श्रीमतीको हत्या गरी शवलाई घरको पछाडिको करेसामा गाडिदिएका थिए।


तीन दिनदेखि सम्पर्कविहीन भएकी जमुनाको खोजी गर्दा शव भेटिएको हो।हत्या पछि सन्तबहादुर फरार भएका छन्। मृतकका ११ वर्षीय छोरा र ३ वर्षीया छोरी छन्।

 

प्रहरी टोली घटनास्थल पुगेको छ। अहिले सन्तबहादुरको खोजतलास भइरहेको काभ्रे प्रहरी प्रमुखले जानकारी दिएका छन्।


जेल व्यवस्थापनमा लापरबाही र सुरक्षा निकायको कमजोरीकै कारण समाजले अझै एउटा निर्दोषको ज्यान गुमाएको छ।
अब प्रश्न यही हो—सन्तबहादुरको हातमा रगत त लागेको छ, तर यसको जिम्मेवारी लिने हात कुन हो ?

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.