logo

मधेश प्रदेशमा राजनीतिक विवाद बढ्दै, मुख्यमन्त्री सिंहले राजीनामा दिन अस्वीकार

 इसीमाना सम्बाददाता     २०८२ असोज १ गते ०९: १३ मा प्रकाशित     376   पटक पढिएको

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराए पनि सिंहले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन्।

 

पार्टीका दुई मन्त्रीले भने आफ्नो पदबाट राजीनामा दिएका छन्, तर मुख्यमन्त्री सिंहले आफू पदमा रहने र प्रदेश सभामा विश्वासको मत लिएर अघि बढ्ने स्पष्ट पारेका छन्।

 

उनले जेनजी आन्दोलनका क्रममा पहिले राजीनामाको घोषणा गरेर पछि फिर्ता लिएको कुरालाई आधार बनाएर यसपटक  पार्टीले पनि फिर्ता बोलाउने पत्रलेखेको छ ।

 

 तथापी सिंहले राजीनामा नदिने अडान लिएका हुन्। सिंहले भने, “म राजीनामा दिन्नँ, प्रदेशसभामा जे हुन्छ, त्यसैलाई सामना गर्छु।” साथै उनले राजीनामाको विषयलाई पार्टीका केही नेताले गिजोलेको आरोप पनि लगाएका छन्।

 

सिंहको यो अडानले संवैधानिक र कानूनी बहस सुरु भएको छ। संविधानविद्हरूका अनुसार, पार्टीले पत्र पठाए पनि मुख्यमन्त्रीले अनिवार्य रूपमा पद छाड्नुपर्ने व्यवस्था छैन।

 

तर पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भने, पार्टीको पत्रको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने र यदि दिनेन भने प्रदेश प्रमुखले सभामुखमार्फत उनलाई हटाउन सक्ने संवैधानिक व्यवस्था रहेको बताउँछन्।

 

यद्यपि, प्रदेश प्रमुखको कार्यालयले कानुनी विज्ञहरूसँग परामर्श गर्दा पार्टीको पत्रकै आधारमा मुख्यमन्त्रीलाई हटाउन नमिल्ने सुझाव आएको जनाएको छ।

 

 प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी हाल काठमाडौंमा भएकी भएकाले, उनी जनकपुर फर्किएपछि यस विषयमा थप छलफल गरी निर्णय लिइने कार्यालयले जनाएको छ।

 

मुख्यमन्त्री सिंहको अडानले मधेश प्रदेशको राजनीतिक अवस्था अझै जटिल हुने देखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.