logo

जनकपुरधाममा जेनजी आन्दोलन , प्रदेशसभा र सचिवालयमा ४० करोडको क्षति

 इसीमाना सम्वाददाता     २०८२ असोज १ गते ०५: ४९ मा प्रकाशित     323   पटक पढिएको

जनकपुरधाम। जेनजी आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मधेस प्रदेश सभा र सचिवालयमा करिब  ४० करोड बराबरको भौतिक सामग्री क्षति भएको छ।

 

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यालयदेखि लिएर सचिवालयका अधिकांश शाखा तोडफोड र आगजनीबाट पूर्ण रूपमा ध्वस्त बनेका छन्।

 

सभामुख मण्डलले प्रदर्शनकारीहरूले कार्यालय मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेको बताए। तोडफोडमा प्रदेश सभा सचिवालयको हायस गाडीमा आगजनी गरी नष्ट गरिएको छ भने सभामुख मण्डलको निजी गाडीको सिसा तोडिएको छ।

 

फर्निचरदेखि सुनसम्म लुटपाट


कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखा, इन्टरनेट उपकरणलगायत सबै सामग्री लुटपाट गर्नुका साथै जलाइदिइएको सभामुख मण्डलले जानकारी दिए।

 

उनले आफ्नै निवासमा समेत आन्दोलनकारीले तोडफोड गरी करिब तीन तोला सुनका गहना समेत लुटेर लगेको दाबी गरे।त्यस्तै, प्रदेशसभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजन समेत लुटिएका छन ।

लुटिएका सामग्री फिर्ता गर्न अपिल


यसैबीच, मधेस प्रदेश सभाले आन्दोलनको नाममा लुटिएका सामग्री फिर्ता गर्न अपिल गरेको छ। प्रदेशका सचिव वासुप्रसाद कोइरालाद्वारा जारी सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, क्यामेरा, स्पिकर, एसी, फोटोकपी मेसिनलगायत विद्युतीय उपकरणहरू तत्काल फिर्ता पठाउन आग्रह गरिएको छ।

 

सभामुख मण्डलले यो घटनालाई “गम्भीर र दुःखद्” भन्दै शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक गतिविधिले कलंकित बनाएको टिप्पणी गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.