वीरगंज । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै विभिन्न मन्त्रालयका जिम्मेवारी तोकेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृह तथा कानून मन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
उनीहरूले पद तथा गोपनीयताको शपथ भोलि ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
तपाईको प्रतिक्रिया