logo

संविधानको मर्मभित्रैबाट बर्तमान संकटको समाधान खोज्न  यस्ता छन पापडका सुझाव

 इसीमाना सम्वाददाता     २०८२ भदौ २७ गते ०७: २२ मा प्रकाशित     366   पटक पढिएको

वीरगंज । शान्ति र लोकतन्त्रकोलागि पेशागत संजाल (पापड)ले संविधानको मर्मभित्रै समाधान खोजिनु पर्नेमा आफ्नो चासो सार्वजनीक गर्दै वर्तमान संकट प्रति राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ । 

े संवैधानिक सर्वोच्चता, विधिको शासन तथा लोकतान्त्रिक मूल्य९मान्यताको प्रवर्धन र संरक्षणमा क्रियाशील शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल का  सदस्य संस्थाहरू नेपाल चिकित्सक संघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल प्राध्यापक संघ, र नेपाल पत्रकार महासंघले संयुक्त बिज्ञप्ति प्रकाशीत गरि   राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो  ।

 

 पापडले युवा पुस्ताको परिवर्तन, भ्रष्टाचारमुक्त सुशासन र राजनीतिमा पुस्तान्तरणको मागप्रति आफ्नो पूर्ण ऐक्यबद्धता जनाएको छ ।


पापडले आन्दोलनमा भएको घुसपैठले भएको धनजनको क्षतिप्रति दुःख ब्यक्त गरेको छ । मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। 


देशलाई गहिरो संकटतर्फ धकेलिरहेका राजनीतिक तथा संवैधानिक जटिलताहरूले लोकतन्त्र, गणतन्त्र र संघीयता जस्ता उपलब्धिहरूमाथि प्रश्नचिह्न खडा गर्ने जोखिम बढेको जनाउदै पापडले  संविधानको मर्मभित्रै समाधान खोजिनु पर्नेमा जोड दिएको हो ।

 

पापडले त्यसकोलागि केही सुझावहरु समेत सार्वजनीक गरेको छ । 

यस्ता छन सुझावहरु 


१. संविधान र संघीय संसद क्रियाशील रहेको, जेनजी  युवाहरूको माग संविधान वा व्यवस्था परिवर्तन नभएकोले, संवैधानिक संरचनाहरूको यथावत् क्रियाशीलताका लागि राष्ट्रपतिज्यूबाट संवैधानिक कर्तव्य निर्वाहका लागि हार्दिक अनुरोध गर्दछौं ।
२. जेनजी युवाहरूले सरकार परिवर्तन चाहेको र प्रक्रिया प्रारम्भ भइसकेकोले, जेननी युवाहरूको मागको मर्म र संविधानको मर्मअनुसार संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी अविलम्ब राष्ट्रिय सरकार गठनको प्रक्रिया शीघ्र प्रारम्भ गर्न अपील गर्दछौं।


३. संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिकाका पक्षधर नागरिक संस्थाका रूपमा संवैधानिक वैधता, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र लोकतान्त्रिक मूल्यमान्यता विपरीतका कुनै पनि प्रक्रिया हामीलाई मान्य नहुने र अन्यथा भएमा हामी  प्रतिरोध गर्न बाध्य हुनेछौं।


४. देशमा व्याप्त अनिश्चितता अन्त्य गरी शासन व्यवस्था सुचारु र जनतामा विश्वास जगाउन संविधानको मर्मभित्र रही संवैधानिक प्रक्रियाबमोजिम यथाशीघ्र एक सक्षम राष्ट्रिय सरकार गठन गरियोस।


५. लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी जस्ता दीर्घ संघर्षबाट प्राप्त र संविधानमा लिपिबद्ध मूलभूत उपलब्धिहरूमाथि कुनै पनि बहानामा सम्झौता गरिनु हुँदैन। यी राष्ट्रिय पहिचानका आधारस्तम्भको रक्षा राष्ट्रपतिज्यूबाट हुनेछ भन्ने पापडको विश्वास छ।


६. सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्था युवा पुस्ताको जायज माग हो। यो माग भूराजनीतिको चपेटामा परेमा देश अन्धकारतर्फ जानुका साथै सार्वभौमसत्तामा आँच आउने खतरा छ। तसर्थ, बाह्य शक्तिको चलखेल र गैरनागरिक सरकार गठनको खतराप्रति सजग रहन हार्दिक अनुरोध गर्दछौं।


७. वर्तमान सङ्कटको निकाशको लागि सरोकारवालाहरू सँग समन्वय र आवश्यक सहजीकरणको लागि हामी तत्पर रहेको समेत अवगत गराउदछौं  ।


अतः, देशलाई गम्भीर संकटबाट जोगाउन, संविधानको रक्षा गर्न, गणतान्त्रिक संघीय समावेशी संविधानलाई जीवन्त राख्न र वर्तमान संकटको संवैधानिक निकासका लागि संवैधानिक अभिभावक र संरक्षकका रूपमा राष्ट्रपतिज्यूबाट तत्काल आवश्यक कदम चालियोस् भनी पापड हार्दिक अपील गर्दछ ।

May be an image of text

 

 

May be an image of blueprint, ticket stub and text

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.