logo

संबिधान रक्षा र संसदको निरन्तरताको माँग गर्दै पर्साको पोखरियामा एमाले युवाको प्रर्दशन

 इसीमाना सम्बाददाता     २०८२ भदौ २६ गते ०६: ४५ मा प्रकाशित     650   पटक पढिएको

वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न राजनीतिक शून्यता र अनिश्चितताबीच पर्साको पोखरियामा नेकपा एमालेका युवाहरूले प्रदर्शन गरेका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देशमा कुनै पनि सरकार छैन। यसैको फाइदा उठाएर देशमा अस्थिरता फैलाउने र व्यवस्था नै मास्ने चलखेल भएको भन्दै उनीहरूले खबरदारी गरेका हुन्।

 

युवाहरूले ‘संविधानको रक्षा गरौँ’, ‘संसद विघटन गर्न पाइँदैन’ लगायतका नारा लगाउँदै सडकमा उत्रेका छन्। उनीहरूले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाको सुरक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

 

प्रधानमन्त्री ओलीको राजीनामासँगै देशमा नयाँ सरकार गठनको प्रक्रिया र नेतृत्वबारे छलफल र बहस सुरु भएको छ। तर, यसैबीच विभिन्न शक्तिहरूले राजनीतिक अस्थिरता सिर्जना गरेर देशलाई थप संकटमा पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

 


 उनीहरूले जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागहरूलाई सम्बोधन गर्दै संवैधानिक प्रक्रियाबाट नै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। नेकपा एमालेका युवा नेता सुजीत गिरीको अगुवाईमा प्रर्दशन भएको हो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.