logo

संविधानको रक्षाका लागि एमाले र समाजवादीका बिद्यार्थी  सडकमा

 इसीमाना सम्वाददाता     २०८२ भदौ २६ गते ०१: ०७ मा प्रकाशित     926   पटक पढिएको

वीरगन्ज । देशमा राजनीतिक अस्थिरता बढिरहेका बेला नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका विद्यार्थी कार्यकर्ताहरू संविधानको रक्षाका लागि सडकमा उत्रेका छन्।

 

सोमबारदेखि सुरु भएको युवा आन्दोलन र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सरकार गठनको विषयमा बहस भइरहँदा यी दुई दलका कार्यकर्ताहरूले काठमाडौँमा ‘संविधान रक्षा गरौँ’ भन्ने नारासहित प्रदर्शन गरेका हुन्।

 

केही दिनअघि युवा पुस्ताले भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र नातावादको अन्त्य गर्ने जस्ता माग राखेर देशव्यापी आन्दोलन सुरु गरेका थिए। सोमबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि आन्दोलन झनै चर्केको थियो।

 

आन्दोलनको चर्को दबाबपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएर नेपाली सेनाको सुरक्षामा अज्ञातस्थलतर्फ लागेका थिए।

 

प्रधानमन्त्रीको राजीनामापछि अहिले नयाँ सरकार गठनका लागि छलफल चलिरहेको छ। यस्तो नाजुक अवस्थामा एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनहरूले संविधानको रक्षाका लागि प्रदर्शन गरेका हुन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.