logo

रास्वपा र दुर्गा प्रसाईलाई पनि स्टेकहोल्डरका रुपमा प्रस्तुत गरेपछि जेनजी समुह छलफलबाट बाहिरियो

 इसीमाना सम्वाददाता     २०८२ भदौ २५ गते ०४: ४९ मा प्रकाशित     620   पटक पढिएको

काठमाडौं  । ‘जेन जी’ आन्दोलनका प्रतिनिधि र राज्य पक्षबीचको वार्ता प्रयासमा गम्भीर मतभेद देखिएको छ।

 

नेपाली सेनाको मुख्यालयमा भएको छलफलमा विवादास्पद व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत ‘सरोकारवाला’को रूपमा सामेल गराउन खोजिएपछि जेन जीका केही प्रतिनिधिहरूले बैठक नै बहिष्कार गरेका छन्।

 

जेन जीका प्रतिनिधि रक्षा बमका अनुसार, स्वयं प्रधानसेनापतिले राष्ट्रपतिसँगको भेटअघि दुर्गा प्रसाईं र रास्वपाका प्रतिनिधिसँग पनि वार्ता गर्न सुझाएपछि आफूहरू छलफलबाट बाहिरिएको बताएकी छन्।

 

‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनिसकेपछि, जेन जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामीले त्यस प्रस्तावलाई अस्वीकार गर्यौं,’ बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेन जी समूहसँग छलफलको निम्ति तयारी गरिरहेका छौँ।’

 

बमले आफूहरू कुनै माग लिएर वार्ता गर्न नगएको स्पष्ट पारेकी छन्। उनका अनुसार, जेन जीका विभिन्न समूहहरूबीच साझा धारणा बनाउन र ७७ जिल्लाका प्रदर्शनकारीहरूको मागलाई एकीकृत गरी एउटै संयुक्त दस्तावेज तयार पार्न समय लाग्ने जानकारी गराउन उनीहरू सेनाको मुख्यालय पुगेका थिए।

 

‘हामी न हिजो वार्तामा थियौँ, न आज छौँ,’ उनले लेखेकी छन्, ‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ र केही दिनभित्र राष्ट्रपति सहित आर्मी चिफ समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौँ।’

 

बुधबारको छलफल आन्दोलनको आधारभूत मान्यताविपरीत अघि बढेको उनको आरोप छ। जेन(जी आन्दोलनलाई कुनै राजनीतिक दल वा व्यक्तिसँग जोडेर यसको मौलिकता र उद्देश्यलाई कमजोर पार्न खोजिएको भन्दै उनले बैठक बहिष्कार गरेको बताएकी हुन्।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.