logo

सर्वोच्च अदालतद्वारा  पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

 इसीमाना सम्वाददाता     २०८२ भदौ २५ गते १०: ५३ मा प्रकाशित     144   पटक पढिएको

काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

 

आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।


अदालतले आज जारी गरेको सूचनामा उल्लेख भएअनुसार भदौ २४ गतेका लागि तोकिएका मुद्दाहरूको पेशी हाललाई स्थगित गरिएको हो ।


यस्तै भोलीदेखिका पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । सर्वोच्च अदालतले यसबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति दुःख व्यक्त गरेको छ ।

 

जेन जी आन्दोलनकारीहरूले अदालतमा आगजनी गर्दा अदालत पूर्णरुपमा जलेको छ ।

 

अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।

 

जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

541576938_1542338917116376_2460395326473684382_n.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.