logo

सुरक्षाकर्मीको गोली लागि जेनजी आन्दोलनका क्रममा २० प्रर्दशनकारीको ज्यान गयो

 इसीमाना सम्बाददाता     २०८२ भदौ २३ गते ०७: १५ मा प्रकाशित     318   पटक पढिएको

काठमाडौँ ।  भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको ‘जेनजी’ आन्दोलनका क्रममा २० जना प्रर्दशनकारीको ज्यान गएको छ ।

 

सुरक्षाकर्मीले चलाएको गोली लागेर  प्रदर्शनकारीको ज्यान गएको हो ।  काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएकामध्ये १८ जनाको र सुनसरीको इटहरीमा गोली लागेका दुई जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो।

 

 राष्ट्रिय ट्रमा सेन्टरमा ९ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना गरी कुल २० जनाको मृत्यु भएको पुष्टि भएको छ।

 

ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले आफ्नो अस्पतालमा ९ जनाको मृत्यु भएको जानकारी दिँदै उपचाररत अन्य केहीको अवस्था गम्भीर रहेको र शल्यक्रियाको तयारी भइरहेको बताए। 

 

त्यसैगरी,केएमसी अस्पतालका प्रमुख नारायणप्रसाद दाहाल, सिभिल अस्पतालका निर्देशक मोहन रेग्मी,  एभरेस्ट अस्पतालका प्रमुख अनिल अधिकारी, , बीपी र शिक्षण अस्पतालका अधिकारीहरूले पनि आ आफ्नो अस्पतालमा भएको मृत्युको संख्या पुष्टि गरेका छन्।

 

आन्दोलनका क्रममा घाइते भएका १ सय  भन्दा बढी प्रदर्शनकारीहरूको हाल सिभिल, वीर, ट्रमा सेन्टर, एभरेस्ट, पाटन, केएमसी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ। थुप्रै घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.