logo

एमाले विधान महाधिवेशन दोस्रो दिनको कार्यक्रम सुरु ,प्रतिवेदनहरुको प्रस्तुती पछि समुहगत छलफल हुने

 इसीमाना सम्वाददाता     २०८२ भदौ २१ गते १२: १९ मा प्रकाशित     410   पटक पढिएको

 ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अबरुद्ध हुँदा कार्यक्रम एक घन्टा ढिला सुरु भएको छ ।

 


बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिंदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

 

दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गरे।


‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घट्नाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् ।  त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने ।


‘भवितव्य घट्ना भएको । त्यस्तो क्षति पनि भएको छैन । यसमा हामी पनि दुःखी भएका छौं र बच्चीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, अध्यक्ष ओलीले भने ।


गोदावरी ललितपुर सनराईज सभाहलमा शुक्रबार बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेश हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा. बिजय सुब्बाले प्रतिवेदन पेश गर्दै छन । प्रतिवेदन पेश भएपछि १० समूहमा छलफल हुनेछ ।

 
निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश हुँदै छ । 

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ ।

 

महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो । सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक गरी दश समूह बनाइएको छ ।

 

यी समूहले राजनीतिक, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव तथा केन्द्रीय आयोगबाट प्रतिवेदन प्रस्तुत भएको थियो । 

 

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरिसक्नु भएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.