logo

खानेपानी मन्त्री यादवलाई धम्की दिएको आरोप लागेकी टिकटकर साह पाँच हजार धरौटीमा रिहा

 इसीमाना सम्वाददाता     २०८२ भदौ १९ गते ०५: १९ मा प्रकाशित     347   पटक पढिएको

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को शैलीमा प्रश्न गरेकी वीरगन्जवासी किरण साहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

 

न्यायधीश कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


बुधबार पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान फाइल बुझाएपछि आज जिल्ला अदालत पर्सामा बहस भएको थियो ।

 

प्रहरीले गत शनिबार पक्राउ परेकी साहलाई मंगलबार दोस्रो पटक अदालतबाट तीन दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको थियो । अनुसन्धान सकेर बुधबार प्रहरीले फाइल वकिल कार्यालयलाई बुझाएको थियो ।

 

वीरगन्जमा हैजा प्रकोप फौलिएपछि हाल वीरगन्ज मुर्लीमा बसोबास गरिरहेकी बारा कलैयाकी स्थानीय बासिन्दा किरण साहले खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरेर आक्रोशित शैलीमा प्रश्न गरेकी थिइन् । वीरगन्ज स्थायी घर भएका मन्त्री यादव पर्सा–१ बाट निर्वाचित सांसद पनि हुन् । फोन संवादमा साहले मन्त्री यादवलाई धम्कीपूर्ण शैलीमा प्रश्न गरेकी थिइन् ।

 

सोही संवादलाई लिएर मन्त्री यादवको सचिवालयले दिएको उजुरीका आधारमा पर्सा प्रहरीले उनलाई गत शनिबार पक्राउ गरेको थियो । उनीविरुद्ध मन्त्रीलाई ज्यान मार्ने धम्की, झुटा अफवाह भौलाएको, विद्युतिय कारोवारसम्बन्धि अपराधमा गरी तीन वटा मुद्दा दायर गरेर अनुसन्धान गरेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.