logo

उद्योग, व्यापार र उद्यमशीलतामा महिलाको सहभागिता  देशको अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा होः पूर्व राष्ट्रपती भण्डारी

 इसीमाना सम्बाददाता     २०८२ भदौ १४ गते ०४: ३८ मा प्रकाशित     486   पटक पढिएको

वीरगन्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरु आत्मविश्वासी बनी समाजलाई सकारात्मक ढंगले चुनौती दिँदै परिवर्तनको नेतृत्व लिनुपर्नेमा जोड दिएकी छन् ।

 

वीरगन्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको ‘बृहत महिला सम्मेलन–२०८२’ को उद्घाटन गर्दै उनले भनिन्, “वीरगन्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु भनेको व्यक्तिगत सफलता मात्र नभई सिंगो देशको अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा हो । त्यसैले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्छ, ताकि आगामी पुस्तालाई प्रेरणा मिलोस् ।”

 

उनले अझै पनि समाजमा विद्यमान लैंगिक असमानता, पूर्वाग्रह र अवरोधहरुलाई तोड्न महिलाहरु आफैं आत्मविश्वासी बन्नुपर्ने आवश्यकता औंल्याइन् । “महिलाको शक्ति, त्याग र समर्पणलाई संस्थागत रुपमा सम्मान गर्न सकियो भने मात्र दिगो विकास र समृद्ध नेपाल सम्भव हुन्छ,” भण्डारीले भनिन् ।

 

तराई–मधेशमा मिटरव्याजी साहुका अमानवीय गतिविधिका कारण ऋणीहरू गम्भीर समस्यामा परेको उल्लेख गर्दै उनले यसको समाधानका लागि सरकारले कडाइका साथ नियमन गर्नुपर्ने, उजुरी प्रक्रिया सहज बनाउनुपर्ने, ऋण–लेनदेन प्रक्रिया पारदर्शी बनाउनुपर्ने र विपन्न परिवारलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने बताइन्।

 


 बढ्दो व्यापार घाटालाई कम गर्न आयात प्रतिस्थापनमा जोड दिँदै उनले कृषिमा आधारित उद्योग, जडीबुटी तथा आयुर्वेदिक उत्पादन, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन आग्रह गरिन् ।

 

सम्मेलनमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले महिलाले अझै भोगिरहेका विभेद र चुनौतीलाई निर्मूल गर्न यो सम्मेलनले आशा र स्वर दिने विश्वास व्यक्त गरे । 

 

कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका २५ जना महिलालाई पूर्व राष्ट्रपति भण्डारीले दोसल्ला र सम्मानपत्रले सम्मान गरिन् ।

 

सम्मेलन वीरगन्ज उद्योग वाणिज्य संघको महिला उद्यमशीलता विकास समितिकी सभापति डा. लक्ष्मी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.